अल्पमतमा ओली ग्रुप !

अल्पमतमा ओली ग्रुप !

१७ माघ, (काठमाडौं)
सत्तारुढ नेकपाभित्र अब ‘पूर्वमाओवादी’ र ‘पूर्वएमाले’ समूह भन्ने रहेनन् । तर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी जारी बैठकमा पनि ‘पूर्वमाओवादी’ र ‘पूर्वएमाले’ नामका दुई मुख्य गुटहरुलाई तीन कित्तामा बाँडेर ‘सिमेन्टेड’ देखिएको छ ।
केन्द्रीय कमिटीको नयाँ समीकरण हेर्दा अब पार्टी्भित्र प्रचण्ड समूह, ओली समूह र माधव समूह गरी तीनवटा बलिया गुटहरु संस्थागत बनेका छन् । र, प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्ट देखिएका प्रचण्ड–माधव समूहवीच अघोषित कार्यगत एकता भएपछि ओली समूह ३२ प्रतिशतमा खुम्चिएर अल्पमतमा परेको छ ।
पूर्वएमालेभित्रै मनमुटाव बढेका कारण केन्द्रीय कमिटीमा ओली समूह अल्पमतमा परेको हो । संख्याको हिसाबले प्रचण्ड समूह सबैभन्दा ठूलो देखिएको छ । ओली समूह दोस्रो र माधव नेपाल समूह तेस्रो स्थानमा देखिएका छन् । माधव र प्रचण्ड समूहवीच निकटता बढेका कारण केन्द्रीय कमिटीमा यी दुई समूहले प्रचण्ड बहुमत बनाएका छन् ।
हुन त नेकपाभित्र वामदेव गुट र बादल गुट पनि अस्थित्वमा नआएका होइनन् । तर, अहिले यी पूर्वसमूहहरु माधव नेपाल र प्रचण्डसमूहको उपग्रहका रुपमा फन्को मार्ने अवस्थामा मात्र छन् ।

Share This
  • 26
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares