रिहापछि आश्थाले भनिन्, ‘मलाई सबक भयो’

रिहापछि आश्थाले भनिन्, ‘मलाई सबक भयो’

१४ माघ (काठमाडौँ)
प्रहरी नियन्त्रणमा रहेकी आश्था राउत मंगलबार दिउसो रिहा भएकी छिन् । चार हजार धरौटी तिरेर रिहा भएकी हुन् । उनले प्रहरीले आफूमाथि उदारता र लचकता देखाएको बताएकी छन् । उनले यो घटना आफुलाई सबक भएको बताइन् ।
सामाजिक सञ्जाल वा सार्वजनिक स्थानमा बोल्दा सबैले संयमता अपनाउनुपर्नेसमेत उनले सञ्चारकर्मीहरुसँग बताइन् । उनले भनिन्, ‘कानुन भन्दामाथि कोही छैन, न प्रहरी, न कलाकार, न अरु कोही, गलत गरेपछि सबै कानुनको दायरामा आउनैपर्छ ।’
उनले आफ्नो विषयलाई मिडियामा अतिरञ्जनापूर्वक प्रस्तुत नगर्न पनि सबैसँग आग्रह गरिन् । उनले यो घटनाले आफूलाई मात्र होइन, सबै नेपालीलाई ‘सबक’ सिकाएको पनि बताइन् ।
आफूलाई युट्युब खोल्दा ज्वरो आउने उल्लेख गर्दै राउतले भनिन्, ‘बुम बोकेरमात्र हुँदैन, पत्रकारहरुले पनि अलिअलि पढिदिनुस् । कुरा बुझेरमात्र लेखिदिनुस् ।’
अभद्र व्यवहार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई काठमाडौँ जिल्ला प्रशासनले ४ हजार रुपैयाँ धरौटीमा मंगलबार दिउँसो रिहा गरेको हो।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •