ब्रोड भिजन, त्रिभुवन र शारदा सेमिफाईनलमा

ब्रोड भिजन, त्रिभुवन र शारदा सेमिफाईनलमा

सुदीप थापा, १३ माघ (धनगढी)
धनगढीमा जारी प्रथम अन्तर विद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगितामा सोमवार भएका तीन वटा खेलमा ब्रोड भिजन, एरिष्टो स्कुल र शारदा मावि विजयी भएका छन् ।
पहिलो खेलमा ब्रोड भिजनलाई लिटिल फ्लावरले ६ विकेटले हरायो । दोस्रो खेलमा त्रिभुवन माविले एरिष्टो स्कुललाई २० रनले हरायो । एरिष्टोसँगै लिटिल फ्लावर समुह ए वाट वाहिरिएका छन् । सोमवारकै तेस्रो खेलमा क्यास्पीयन एकेडेमीलाई शारदा माविले ६ विकेटले हरायो । पहिलो व्याटिङ गर्दै क्यास्पीयन २५ रनमा अलआउट भयो । प्रतिउत्तरमा शारदाले ४ विकेट क्षतिमा विजय लक्ष्य भेटायो । जितसँगै समुह वी बाट शारदा मावि पनि सेमिफाईनल प्रवेश गरेको छ ।
लिग चरणको अन्तिम खेलमा राष्ट्रिय तुल्सीराम मावि र धनगढी नमुना मावि प्रतिस्पर्धा गर्नेछन् । माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि झण्डै एक लाख खर्च हुने अनुमान गरिएको छ । खेल माघ १७ गतेसम्म सञ्चालन हुनेछ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •