प्रहरीले गायिका आस्थालाई कम्तीमा चार दिन हिरासत राख्दै
१३ माघ (काठमाडौं)
गायिका आस्था राउतलाई प्रहरीले कम्तीमा चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार गायिका राउतलाई चार दिन थुनामा राख्न अनुमति दिएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको बताए । प्रहरीले गायिका राउतलाई थुनामा राखेर अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयमार्फत सात दिनको समय मागेको थियो । गायिका राउत सोमबार बिहान काठमाडौं प्रहरी परिसर, टेकुमा हाजिर भएकी थिइन्।