पक्राउ गरिएका जुवाडे प्रहरीद्धारा सार्वजनिक

पक्राउ गरिएका जुवाडे प्रहरीद्धारा सार्वजनिक

सुदीप थापा, १३ माघ (धनगढी)
धनगढी प्रहरीले आइतबारट राति जुवाको खालबाट पक्राउ गरेकाहरुलाई सार्वजनकि गरेको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रबीन्द्र शाहीसहित १६ जनालाई प्रहरीले धनगढी उपमहानगर पालिका ३ रोस हाउस रेष्टुरेन्ट पछाडि रहेको तिलक अधिकारीको घरबाट जुवा खेल्दै गरेको अवस्थामा २२ लाख ८२ हजारसहित पक्राउ गरेको थियो ।
कैलाली प्रहरीका अनुसार पक्राउ परेकाहरुमध्ये कैलाली गोदावरी न.पा.१० बस्ने बर्ष २८ का गुड्डु भनिने रबिन्द्र शाही उनी वडाध्यक्ष पनि हुन । यस्तै कन्चनपुर महेन्द्रनगरका धिरेन्द्र चन्द, कन्चनपुर बेलौरीका भुवन कुँवर,धनगढी ३ का तिलक अधिकारी, धनगढी ५ का रमेश खड्का, धनगढी ६ का खेमराज भट्ट, धनगढी ७ का जनक दौल्याल, गोदावरी १० सन्देष तामाङ्, गोदावरी ३ का मोहन खड्का, बैतडी दशरथचन्दनगरपाकिलाका अमित गुरु, बझाङ जयपृथ्बी नगरपाकिलाका प्रेम बहादुर सिंह रहेका छन् । यस्तै बैतडी दशरथचन्द ४ का सुर्य भट्ट, बैतडी पुर्चौडीका ८ का कालु सिंह धामी, धनगढी ३३७ को चन्द्रमणी अधिकारी, दार्चुला नौगाड ४ का जयसिंह धामी र दार्चुलाकै महाकाली ४ कामंगल ठगुन्ना रहेका छन् ।

Share This
  • 153
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    153
    Shares