उपमहानगर उठाउँदैन फोहर, कुरुप बन्दै धनगढी,

उपमहानगर उठाउँदैन फोहर, कुरुप बन्दै धनगढी,

मनिशा श्रेष्ठ, १३ माघ (धनगढी)
सुदूरपश्चिमकै केन्द्र रहेको धनगढीमा फोहरमैला व्यवस्थपना हुन नसकेर पुरै शहर दुर्गन्धित र कुरुप हुन थालेको छ । मुख्य बजार क्षेत्र, बसपार्क, चोक र गल्लीलगायत सार्वजनिक स्थानहरु फोहर फ्याल्ने ठाउँ बनेका छन् । त्यहाँ थुप्रिएको फोहर नगरपालिकाले नदेखेझै गर्छ । उठाउँदैन ।
नगरपालिकाले बीच बजारमा फ्याकिएको फोहर न त उठाउँछ, न त नगरका बासिन्दालाई जथाभावी फोहर नफाल्न सचेत वा कार्वाहीको नियम लागु र कार्यान्वयन गर्छ । प्रदेशको राजधानी भएकाले मन्त्रालयहरु पनि यहीं धनगढीमा छन् । तर यहाँको फोहर व्यवस्थापनमा भने कसैले चासो नदेखाएकोमा स्थानीय बासिन्दाहरु आक्रोसित छन् । ‘उपमहानगर पालिकाले कर मात्र असुल्छ । तर फोहर उठाउन कहिल्यै आउदैन’ बसपार्कका प्रेम केसीले भने, ‘स्मार्ट सिटी बनाउने गफ लगाउँदै हिँडेका मेयरले मुख्य बजारकै फोहरमैला व्यवस्थापनमा समेत वास्ता गरेका छैनन् ।’

Share This
  • 63
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    63
    Shares