अग्नी सापकोटा सभामुखमा निर्वाचित

अग्नी सापकोटा सभामुखमा निर्वाचित

१२ माघ (काठमाण्डौ)
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटा निर्विरोध रूपमा सभामुख निर्वा्चित भएका छन् ।
संघीय संसद्को प्रतिनिधिसभामा आइतवार भएको निर्वाचनमा सापकोटा सभामुख चयन भएका हुन् । बलात्कार प्रयासको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महरा राजीनामा दिन बाध्य भएका थि। त्यसयता तीन महिनादेखि सभामुख पद रिक्त रहेको थियो ।
सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र निकै लामो समय माथापच्ची चलेको थियो ।
अन्ततः गत साता नेकपाका दुई अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सापकोटालाई सभामुखको उम्मेदवार बनाउने सहमति भएको थियो ।
नेपालमा भएको सशस्त्र द्वन्द्वका बेला भएको हत्यासम्बन्धी एउटा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला उनी सभामुख बनेका हुन् । तर उनलाई सभामुखको उम्मेदवार बनाउने कि नबनाउने भन्ने विषयमा पार्टी्भित्र पूर्वएमाले र पूर्वमाओवादी समूहबीच मत बाझिएको मात्रै होइन कतिपय नागरिक समाजका अगुवाहरूले पनि विरोध जनाएका थिए ।

Share This
  • 194
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    194
    Shares