पत्नीको मोलमोलाइ गर्ने यो पुरुष

पत्नीको मोलमोलाइ गर्ने यो पुरुष

१२ माघ,नवलपरासी
उमेर २७ वर्ष, पूर्वीनवलपरासीको सामुदायिक रेडियो मध्यविन्दुमा काम गर्दै गर्दा आएको प्रस्ताव राधाले मात्र होइन, सबैभन्दा प्यारो र साथीजस्तै भाइ, हजुरबुबा, हजुरआमा, बुबाआमा, दिदी भिनाजु, सबैले स्विकारेका थिए, केटा हेर्दा खाइलाग्दो, काठमाडौंको हनुमानढोका बहुउद्देश्यीय सहकारी संस्था न्युरोड पशुपति प्लाजामा व्यवस्थापकको काम गर्ने । पहाडी भेग रुचाङबाट कावासोती–३, संगमचोकमा बसाइँ सरेर आएका अस्मिन भट्टराई । अर्थात् कावासोती–४ की राधा बस्यालका श्रीमान्् । २०७४ साल फागुनको कुरा हो, राधाका हजुरबुबाले पटक पटक सोधे, ‘केटी मन नपरेको भए, बिहे गर्न मन नभए समयमै भन्नु है बाबु, पछि अप्ठ्यारो परे नराम्रो हुन्छ ।’ तर, अस्मिनले पटक–पटक मन परेर आफूखुसी बिहे गर्न लागेको बताइरहे । फागुन २९ गते जनैसुपारी गरेर ३० गते स्थानीय मन्दिरबाट बिहेवारी सकियो । बिहेलगत्तै राधालाई लिएर उनी काठमाडौं हान्निए । केही दिनमै अस्मिनको असली रुप राधाले देखिन्, बुबाआमाको करमा बिहे गरेको भन्दै मानसिक र शारीरिक यातना दिन थाले अस्मिनले । श्रीमान््को कुटाइबाट थला परेकी राधा बिसञ्चो भएपछि अस्पताल पुगिन् जँँँचाउन । उनलाई छातीमा दुख्थ्यो । पहिला सामान्य भनिए पनि स्तनमा देखिएका गिर्खा अप्रेसन गर्नुपर्ने भयो ।
तर उपचारका लागि श्रीमान् तयार थिएनन् । बिहे गरेको केही दिनमै उनी एकाबिहानै निस्केर राति अबेर अनेक केटासाथीसहित डेरामा पुग्थे । पहिलो काम श्रीमतीलाई भकुर्नु । बिरामी राधालाई असह्य हुन थाल्यो । १५ दिनजति काठमाडौं बसेर कावासोती–३ स्थित घरमा आइन्, जहाँ सासूससुरा थिए । १ महिनाजति कावासोती बसेपछि काठमाडौं गइन्, अस्मिनले कलंकीको एलआरआइ स्कुलनजिकै खड्का टोलमा घर किनिसकेका थिए । सासूससुरासहित काठमाडौं पुगेकी उनलाई झन् हिंसा हुन थाल्यो । राधाले यी सबै कुरा आफूभित्रै गुम्साइन् । जब अप्रेशनको समय आयो । श्रीमान्को हिंसाबारे भाइलाई केही कुरा सुनाइन् । भाइ अब दिदीको अवस्थाबारे अपडेट हुन थालेका थिए । पटक पटक भिनाजुलाई सम्झाउन खोज्थे, अस्मिन उल्टै थर्काउँथे । अप्रेशन भयो । त्यसपछि काठमाडौंको घरमै रहेकी उनलाई श्रीमान् र सासूले तनाव दिन थाले । ससुराले नराम्रो गरेका थिएनन् । बिरामी बुहारीलाई खाना, पानी सोध्ने उनै थिए । सासूले बिहेमा दाइजो नल्याएको भनिरहन्थिन्, जस्तो परे पनि सहनुपर्छ भन्दै सुनाउँथिन् ।
जेठ १६ गते विस्तरामा परेकी उनलाई माइतीको बुबाले जिम्मामा छाडेर फर्किनुभयो । कोठामा एक्लै भएकी उनले राति पानी खान तिर्खाले छट्पटाइन् श्रीमान्, देवर, भाञ्जा कसैको फोन नउठेपछि उनी आत्तिँँदै भाइ र बुबालाई फोन गरिन् । तत्काल भाइ पुगेर पानी खुवाए । बेलुकासम्म बुबा र भिनाजु पुगेर ज्वाइँँलाई सम्झाउने प्रयास गरे ।
उनलाई स्तन क्यान्सर भएको थियो । उपचार चलिरहेको थियो, दिल्ली लैजानुपर्ने भयो । नेपालमा त अस्पतालले अन्तिम अवस्थामा रहेको र अब बाँच्ने सम्भावना नरहेको नै भनेको थियो, सायद राधाको साहसले काललाई पनि जित्यो कि, पहिलेकै अवस्थामा फर्कंदै छिन् । बुबाले दिल्ली लिएर जानुभयो । यसबीच कैयौंपटक राधाले पतिलाई फोन गरिन्, दिल्लीमा पैसा अभाव हुन्थ्यो, बुबाले ऋण धन गर्दै उपचार गराउनुभयो । अस्मिनले उपचारको कुरा निकाल्दा सधैं थर्काउँथे, घर किनेको पैसा तिरेको छैन, तेरो उपचारलाई पैसा पठाउन सक्दिन भनेर । यसबीच जीवनको क्यालेन्डरले धेरै पाना पल्टायो । एक वर्षको अवधिमा अस्मिनको यातना, सासूको कचकच, बिरामी शरीर, मृत्युको पर्खाइ, भारतको उपचार, बुबाको खटन, राधालाई जुगौंजुग जस्तो लागेको थियो । पटक–पटक चढाइएको केमोथेरापीका कारण शरीर बाँसको भाटाजस्तो भएको थियो । कपाल पूरै झरेको थियो । यसबीच उनी एउटा साहस भने गर्थिन् । कसैसँग बोल्नुपरे हाँसेर बोल्थिन् ।
उपचार चलिरहेको थियो, गत वर्ष भदौ ७ गते म र भाइ प्रकाश महिला आयोगमा समस्या लिएर गयौं, आयोगले श्रीमान्÷श्रीमती बोलाएर सल्लाह गराउने भन्यो, हामीले राधा बिरामी भएकाले आउन नसक्ने र उनको तर्फबाट हामी कुरा गर्छौं भन्यौं । केही दिनपछि आयोगमा अस्मिन वकिलसहित पुगे । उनी जसरी प्रस्तुत भए, त्यसले म छाँगाबाट खसेझैं भएँ, अस्मिनको प्रस्तुति राधालाई पूर्णतः दोष लगाउने थियो । उनी बिरामी श्रीमतीप्रति एकरति पनि दयामाया नभएका थिए । आयोगमा सबै घटनाका साक्षी हामीसँँँग उनले दाबी पनि गरे, उपचारमा सघाइरहेको भनेर । एक दिन पूरै बहस भयो । पहिलो प्राथमिकता राधाको उपचार भन्दै एउटा कागज गरियो । आश्चर्य त के भने उनले ल्याएका ती वकिलले पनि हाम्रै पक्षमा पहिला श्रीमतीको उपचार र रेखदेख भनेर सम्झाउन खोजे । तैपनि अस्मिनको व्यवहारमा कुनै परिवर्तन आएन, राधालाई आयोगमा भएको घटनाबारे जानकारी गराइए, अस्मिनले वास्ता गरेका छन् भनेर झुट बोली सान्त्वना दिने प्रयास भइरह्यो ।
पाँचांै केमोथेरापी सकिएपछि फागुनदेखि राधा विस्तराबाट उठेर बाहिर घुलमिल हुन थालिन्, विस्तारै छरछिमेक र नजिकै बुबाको कार्यालयमा पुगेर कम्प्युटरमा काम गर्न थालिन् । भरतपुर क्यान्सर अस्पताल र दिल्ली समय समयमा पुग्नुपथ्र्यो । परिवर्तन् आइसकेको थियो । कपाल पलाउन शुरु ग¥यो, शरीर केही मोटाउन थाल्यो । पहिला गर्दै आएको पत्रकारितालाई निरन्तरता दिने सोचिन् । रेडियो मध्यविन्दुमा महिलाकै सवाल हिंसा र कानुनी उपचारबारे साप्ताहिक बहस चलाइन् । यसबीच राधाले क्यान्सरसम्बन्धी सचेतना फाउण्डेसन खोलिन् । संस्थाको माध्यमबाट गाउँ–गाउँमा महिलामाथि हुन सक्ने हिंसाका घटनाबारे जानकारी गराउँदै छिन् । राधा निको हुँदै गएपछि अस्मिनले पटक पटक फोन गरेर, अरु आफन्तलाई फोन गर्न लगाएर तनाव दिरहेका छन् । पैसा दिएर छोडपत्र गर्न भनिरहेका छन्, पटक–पटक कावासोतीमा सरोकारवाला बुद्धिजिवीका बीचमा बसेर छलफल भएको छ । राधाको अहिलेसम्म विवाहदर्ताको प्रमाणपत्र बनेको छैन । आग्रह गर्दा अस्मिनले नै मानेका छैनन् । ‘उपचार र विवाह दर्ता गर्न नमान्ने श्रीमान्् पैसा दिएर किन छोडपत्र गराउन खोज्दैछन्, मेरो निशर्त अधिकार हो, विवाह दर्ता, त्यसपछि मात्र अरु बिषयमा छलफल हुन्छ ।’ राधा भन्छिन् ।
राधालाई विवाहपूर्व, विवाहपछि, बिरामी हुँदाको बखत र अहिले रोगलाई जितिसकेको अवस्थासम्म मैले नजिकबाट चिनेकी छु । अहिले बिरामी श्रीमतीको मोलमोलाई गरेर छोडपत्र माग्ने अस्मिनलाई कानुनी र सामाजिक उपचार खोजिरहेकी छन्, राधा । ‘एउटी महिलालाई, श्रीमतीलाई हिंसा गर्ने पुरुषलाई सामाजिक संघसंस्थामा बस्न कुन सामाजिक न्यायको सिद्धान्तले दिन्छ दिदी ?’ उनले सोधेकी थिइन् । उनीमाथि भएको अन्याय र हिंसाबारे लेखिरहँदा भन्न मन लागेको छ, ‘प्रिय राधा, तिमीलाई परेको बज्रपातप्रति मसँँग कुनै शब्द छैन, जहाँसम्म तिम्रो साहस देखिरहेकी छु, तिमी सतिसालझैँ उभिइरहनु, अत्याचारी अस्मिनविरुद्ध, तिम्रो आवाज नै उसको गालामा बज्रेको झापड हो । राधा यस्तासँँग लड्ने भनेकै हाम्रो विवेकको हतियारबाट हो । यी त रगत चुस्ने जुका न हुन्, एकछिन छाला छुन नदिए छटपटाएरै मर्छन् । मार्नु त यसरी जो बाँच्न पनि नचाहोस् र मर्न पनि नसकोस् । तिम्रो मोलमोलाई नै उसको असली औकात हो । नआत्तिऊ साथी, हामी मिलेर उसलाई कानुनी रूपमै राम्रोसँग सम्मान गरौंला । मौका मिले नगर परिक्रमा गराउँला ताकि अर्को कुनै ऊजस्तै मानवले महिलाको मोलमोलाई गर्नुपूर्व हजार पटक सोचोस् ।’ जनआश्थाबाट

Share This
  • 26
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares