अन्तर विद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता सुरु

अन्तर विद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता सुरु

सुदीप थापा, ११ माघ (धनगढी)
धनगढीमा प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कैलाली जिल्ला क्रिकेट क्लवको व्यवस्थापनमा धनगढीमा प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता सुरु भएको हो ।
सुदुरपश्चिम प्रादेशिक खेलकुद विकास समितीका कार्यालय प्रमुख प्रेम मल्लले प्रतियोगिता उद्घाटन गरेका छन् । कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहका विशिष्ट अतिथि नेपाल क्रिकेट संघ सुदुरपश्चिम प्रादेशिक समितिका कोषाध्यक्ष दिनेश सिंह रहेका थिए ।
क्रिकेट प्रतियोगितामा सहभागि ८ टिमको जर्सीलाई विभिन्न ८ वटा व्यवसायिक संस्थाले प्रायोजन गरेका छन् । व्यवसायिक क्रिकेट प्रतियोगिताहरु भइरहेको अवस्थामा महिला क्रिकेटको जग बलियो बनाउन विद्यालय तहका महिला खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्न प्रतियोगिताको आयोजना गरिएको कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।
प्रतियोगितामा सहभागी ब्रोडभिजन एकेडेमीलाई माया मेट्रो हस्पिटल, एरिष्टो ईङलिस स्कुललाई निसर्ग हस्पिटल, त्रिभुवन माविलाई एडभेन्चर वेष्ट होलिडेज र राष्ट्रिय तुलसीराम माविलाई केटिएम डुकले जर्सी प्रायोजन गरेका छन् । त्यसैगरी शारदा माविलाई सुदुरपश्चिमाञ्चल एकेडेमी, लिटल फ्लावर स्कुललाई ड्रिम एजुकेशन कन्सल्टेन्सी, क्यास्पीयन एकेडेमीलाई कैलाली अस्पताल र धनगढी नमूना माविलाई रैका टुर्स एण्ड ट्राभल्सले प्रायोजन गरेका छन् । लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता संघीय ईकाई प्रहरी कार्यालयको खेल मैदानमा भईरहेको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •