मिति सर्दै आएको ‘हाईलेण्डर फारवेष्ट पशुपति कप’ निश्चित

मिति सर्दै आएको ‘हाईलेण्डर फारवेष्ट पशुपति कप’ निश्चित

सुदीप थापा, माघ ०९ (धनगढी)
नौ लाख नगद धनराशीको पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता माघ १७ गतेदेखि धनगढीमा आयोजना हुने भएको छ । आयोजक फारवेष्ट पशुपति युवा क्लबले यसअघि निर्धारण गरेको दुई पटकको मिति सार्दै माघ १७ गतदेखि प्रतियोगिता आयोजना गर्न लागेको हो ।
पहिलो पटक प्रतियोगिता पुस ४ गतेदेखि आयोजना हुने भनिएकोमा त्यसपछि माघ १० लाई प्रतियोगिता सारिएको थियो । तेस्रो पटक सारिएको प्रतियोगिता माघ १७ गतेदेखि २५ गतेसम्म धनगढी रंगशालामा आयोजना गर्नका लागि तयारी थालेको फारवेष्ट पशुपति युवा क्लबले धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
प्राविधिक कारणले यसअघि दुई पटकको मिति सारेकोमा अवस्थामा पाँचौं संस्करणको तयारीमा तिब्रताका साथ लागिरहेको क्लबका अध्यक्ष खेम रावतले बताए । प्रतियोगिताको ट्रफी भने यसअघि नै सार्वजनिक भईसकेको छ ।
प्रतियोगिताको बिजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार नगद पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । प्रत्येक खेलको म्यन अफ द म्याचले २ हजार ७ सय नगद पाउनेछन् । सबै धनराशी जोडेर ८ लाख ८४ हजार नगद पुरस्कार दिईने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ । धनगढी रंगशालामा आयोजना हुने प्रतियोगितामा १६ टिमको सहभागीता रहने क्लबका सचिव ललित मिश्रले बताए । टिकट बिक्रिबाट पाँच लाख आम्दानी हुने आयोजकको अपेक्षा छ ।
पाँचौं संस्करणको मुख्य प्रायोजक, सह–प्रायोजक र टिकट प्रायोजकसँग सम्झौता समेत भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक हाईलेण्डर प्योर ह्वाईट भोड्का रहने भएको छ । प्रतियोगिताको पाँचौं संस्करणको नाम हाईलेण्डर फारवेष्ट पशुपति कप २०७६ रहने भएको छ । प्रायोजन सम्बन्धी सम्झौतामा आयोजक फारवेष्ट पशुपति युवा क्लबा तर्फबाट अध्यक्ष खेम रावत र हाईलेण्डर डिष्ट्रिलरी प्रालिको उत्पादन हाईलेण्डरका तर्फबाट एरिया सेल्स म्यानेजर तारा पन्तले हस्ताक्षर गरेका छन् ।

Share This
  • 70
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    70
    Shares