पत्रकार महिलाका लागि आधारभूत पत्रकारिता तालिम सम्पन्न

पत्रकार महिलाका लागि आधारभूत पत्रकारिता तालिम सम्पन्न

०७ माघ (धनगढी)
पत्रकार महिलाका लागि धनगढीमा सञ्चालित ५ दिने आधारभूत पत्रकारिता तालिम बुधबार सम्पन्न भएको छ ।
तालिमको समापन कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झंकरबहादुर बिष्टले अहिलेको युग सूचना तथा सञ्चारको युग भएको बताउँदै दक्षता र क्षमता विकास गर्न सके पत्रकारितामा महिलाहरुको सुन्दर भविश्य रहेको बताए । ‘यतिबेला जिम्मेवार पत्रकारिताको खाँचो देखिएको छ,’ उनले भने, ‘जुनसूकै पेशा व्यवसायमा भएपनि सबैको उद्देश्य देशको विकास भएकाले पत्रकारिता क्षेत्रले अझ बढि जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता रहेको छ ।’ तालिमको आयोजना सामाजिक विकास मन्त्रालयले गरेको हो ।
महिला विकास अधिकृत प्रतिभा श्रेष्ठले सञ्चालन गरेको समापन कार्यक्रममा तालिमका सहभागीका तर्फबाट बझाङकी सिर्जना स्नेही, बैतडी र कञ्चपुरका सहभागीले मन्तब्य व्यक्त गरेकी थिए । मन्तब्यका क्रममा सहभागीहरुले तालिमबाट आफूहरुलाई पत्रकारिता गर्न थप उर्जा प्राप्त भएको बताए । पत्रकारिताको कुनैपनि तालिम नलिएका आफुहरुका लागि तालिम निकै उपयोगी भएको उनीहरुको भनाई थियो । तालिममा आधारभूत पत्रकारितालगायत सूचनाकाे हक, पत्रकार आचारस‌हिता, रेडियाे पत्रकारिता ,महिला सुरक्षा, महिला सशक्तिकरण लगायतमा सेसनहरु सञ्चालन गरिएकाे तालिम स‌याेजक बिन्दु चटाैतले बताइन् ।
तालिममा सुदूरपश्चिमका ९ वटै जिल्लाबाट ३५ जना एफएम, पत्रिका, अनलाइनमा कार्यरत पत्रकार महिलाको सहभागी रहेको थियो । तालिमको सहजीकरण पत्रकारहरु अर्जुन शाह, अग्रज पत्रकार चित्रांग थापा, मनमोहन स्वाँर, हरि जोशी, चाँदनी आचार्य, एकिन्द्र तिमिल्सिना, भावना जोशी निर्मला खडायतलगातयले गरेका थिए ।

Share This
  • 74
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    74
    Shares