मोटरसाइकल चालकलाई सचेतना

मोटरसाइकल चालकलाई सचेतना

सुदीप थापा, ०७ माघ (धनगढी)
जिल्ला ट्राफिक कार्यालय र युवा शान्ती परिषद नेपालले मोटरसाईकल चालकलाई सचेतना कार्यक्रम सञ्चालन गरेका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंगलबार धनगढीमा उक्त सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
धनगढीको मुख्य बजार एलएन चोकमा ट्राफिक कार्यालयको टोली र परिषद्का स्वयंमसेवकहरुले संयुक्त रुपमा उक्त सचेतना कार्यक्रम सञ्चालन गरेका हुन् । धनगढी बजार क्षेत्रभित्र सञ्चालन गरिरहेका मोटरसाइकल चालकहरुलाई हेलमेटको फिताको क्लिप अनिवार्य लगाउन र सवारी चलाउदा मोवाइल फोनको प्रयोग नगर्नसमेत स्थलगत सचेतना कार्यक्रममा सिकाइएको थियो ।
सवारी चालक सुरक्षित रहुन भन्ने उद्देश्यले नियमित सचेतना कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक सरोजकुमार ठकुराठीले बताए ।

Share This
  • 209
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    209
    Shares