अब सामाजिक विकास कार्यालय जिल्ला जिल्लामा

अब सामाजिक विकास कार्यालय जिल्ला जिल्लामा

०७ माघ (काठमाण्डौ)
सरकारले सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सबै प्रदेशका सामाजिक विकास मन्त्रालयबीच ७७ वटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने विषयमा सैद्धान्तिक सहमति जुटेको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ, र प्रदेशका सामाजिक विकास मन्त्रीहरुको ललितपुरमा बसेको बैठकले सामाजिक क्षेत्रको कामलाई प्रभावकारी ढंगले अघि बढाउन सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने सहमति गरिएको छ ।
सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको कार्यक्रमको रुपमा अघि बढाउने गरी सहकार्यका साथ काम गर्न प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढने गरी सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने सैद्धान्तिक सहमति गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री गुरुङले जानकारी दिए ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •