पहिलो बैठकमै कांग्रेसद्धारा प्रदेश सरकारको चर्को आलोचना

पहिलो बैठकमै कांग्रेसद्धारा प्रदेश सरकारको चर्को आलोचना

सुदीप थापा, ०६ माघ (धनगढी)
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको छ । सुरु दिनकै बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रदेशका केही मन्त्री बिना लगामका घोडा भएको र मुख्यमन्त्री मुकदर्शक भएको आरोप लगाएका छन् ।
नेता रावलले एम्बुलेन्स र अल्ट्रासाउण्ड मेसिन खरिदमा आर्थिक अनियमितता भएको दावी गरे । उनले अनियिमितताको छानवीन गर्दै दोषीलाई कार्वाही गर्नुपर्ने बताए । साथै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले नक्कली कृषक खडा गरेर व्यापक आर्थिक अनियमितता गरेको आरोप लगाए । बैठकमा नेकपाका प्रमुख सचेतक तारालामा तामांग र राजपा सांसद मालमती रानाले शुभकामना मन्तब्य राखेकी थिइन ।

Share This
  • 450
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    450
    Shares