अनेरास्ववियुका जिल्ला संयोजक चयन, कैलालीमा बडैला

अनेरास्ववियुका जिल्ला संयोजक चयन, कैलालीमा बडैला

०६ माघ (धनगढी)
अनेरास्ववियुका जिल्ला संयोजक र सहसंयोजक चयन भएका छन् । तत्कालीन एमाले र माओवादी बिच भएको एकिकरणपछि काठमाडौँमा बसेको अनेरास्ववीयुको पहिलो पूर्ण बैठकले संयोजक र सह संयोजकहरु चयन गरेको हो ।
जस अनुसार कैलालीको संयोजकमा कुमार बडेला सर्वसम्मत चयन भएका छन् । बडेला तत्कालीन एमालेको विद्यार्थी संगठन अनेरास्ववीयुका जिल्ला अध्यक्ष थिए । यस्तै सह–संयोजकमा समिर जोशी चयन भएका छन्। डोटीमा संयोजक डबल बोहरा र सहसंयोजक गणेश बम, बाजुरामा संयोजकमा राजिव रोकाया र सह–संयोजक पारस बुढा, बझाङमा संयोजकको जिम्मेवारी प्रविन्द्र धामी र सह–संयोजकको जिम्मेवारी देविजंग बहादुर सिंहले पाएका छन् । डडेल्धुरामा संयोजक सन्तोश भट्ट र सहसंयोजक पुष्कर देउवा कञ्चनपुरमा तत्कालीन अनेरास्वीयु क्रान्तिकारीका वीरेन्द्रराज विष्ट संयोजक र अनेरास्ववियुका ओम बस्नेत सहसंयोजक चयन भएका छन्।
यसैगरी दार्चुलाको संयोजकमा आनसिङ बडाल र सहसंयोजक राजेन्द्र डांगा, अछाममा संयोजक ध्रुव रावल र सहसंयोजक निरक शाही, सर्वसम्मत भएको अनेरास्ववियुले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।

Share This
  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares