जुनियर जेसीजको पदस्थापन सम्पन्न
सुदीप थापा, ०२ माघ (धनगढी)
धनगढी जुनियर जेसीज वर्ष २०२० का लागि नव निर्वा्चित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । अध्यक्ष सुमन ढकाल, कार्यकारिणी रन्जना पन्त र ज्ञानेन्द्र भट्ट, कानुनी सल्लाहकार देव राज अवस्थी, महासचिव अबिनास गुराँगाइ, कोषाध्यक्ष अभिषेक बिष्ट, उपाध्यक्ष पुजा महतरा, निराजन राज जोशी, आकांक्षा बिष्ट, पीयूष जैनले आफ्नो पदभार ग्रहण गरेका हुन् ।
तालिम संयोजक कुबेर महरा, शाखा सम्पादक पार्बती खत्री, कोष वृद्धि संयोजक प्रीयान्सा उप्रेती, वृद्धि संयोजक कृतज्ञ शाही, प्रकरण निर्देशक शौरभ बिष्ट, जन सम्पर्क अधिकारी राम कृष्ण जोशी, सांस्कृतिक संयोजक चाँदनी बिष्ट, खेलकुद संयोजक रीदम रोकाया, सह–सचिव नीतु जोशी मनोनित गरेको छ ।
धनगढी जुनियर जेसीजलाई नेपाल जेसीज वर्ष २०१९ कै “उत्कृष्ट जुनियर जेसीज शाखा पुरस्कार’’ दिलाउन सफल भएकोमा निवर्तमान अध्यक्ष सन्तोष पन्तले सबैलाई धन्यवाद दिए । पदस्थापन सन्तोष पन्तको सभापतित्वमा सम्पन्न भएको भएको थियो ।