माघे संक्रान्तिको दिन गोदावरीमा २ लाखले स्नान गरे

माघे संक्रान्तिको दिन गोदावरीमा २ लाखले स्नान गरे

सुदीप थापा, १ माघ (धनगढी)
सुदुरपश्चिमको प्रमुख धार्मिक क्षेत्रमा मकर संक्रान्तिको अवसरमा करिब २ लाखले स्नान गरेका छन् । झिसमिसेदेखि नै स्नान गर्नेहरुको गोदावरीमा घुँइचो लागेको थियो । स्नान गर्न कैलाली कञ्चनपुरलगातयका भारतीय तीर्थालु भक्तजनहरु आएका थिए ।
गोदावरी धाम विकास समितिले स्नान कुण्डहरुको व्यवस्थापन गरेको छ । यहाँ हरेक १२ बर्षमा कुम्भ मेला, ६ बर्षमा अर्ध कुम्भ र हरेक बर्ष मकर मेला लगाउने परिपाटीअनुसार यसबर्ष पनि मकर मेला लागेको हो । मेला १२ गतेसम्म चल्ने छ । यस अवधिभर नवग्रह शान्ति महाअनुष्ठान, विषेश पुजा तथा पाठ, लक्ष्य हवन, पितृकर्म लगायत आरती तथा भजन कृतन हुने समितिले जनाएको छ ।
मकर मेलाको संयोजक एबम् गोदावरी धामका अध्यक्ष पदमराज जोशीका अनुसार मेला भर्न छिमेकी जिल्लाहरुबाट पनि तीर्थालुहरु गोदावरीमा आइरहेका छन् । तीर्थालु भक्तजनहरुले गोदावरीमा स्नान गर्नुको साथै शिव मन्दिरको दर्शन, कुम्भ बाटिकाको दर्शन, हनुमान मन्दिरको अबलोकन गरेका छन् । उनीहरुले आफ्ना पितृको सम्झनामा दान, भेटी, खाध्यन्न पनि चढाएका छन् ।
गोदावरी धाम विकाश समितीका संयोजक जोशीले मेलामा जाने भक्तजनका लागि स्नान कुण्ड, सुरक्षा , प्राथमिक उपचार लगायत सहज दर्शनका लागी उचित व्यवस्थापन गरिएको बताए ।

Share This
  • 57
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    57
    Shares