कनरीमा धनगढी महोत्सव हुने

कनरीमा धनगढी महोत्सव हुने

सुदीप थापा, २८ पुस (धनगढी)
शिवगंगा सांस्कृतिक, पर्यटन विकास समितिको आयोजनामा पहिलो पटक धनगढीको कनरीमा ‘धनगढी महोत्सव’ आयोजना हुने भएको छ ।
आगामी फागुन २ देखि ११ गतेसम्म कनरी हुलाकी राजमार्गसंगै जोडिएको धनगढी १५ खुटिया पुलको उत्तरतिरको खेल मैदानमा उक्त महोत्सव सञ्चालन गरिन लागेको हो । सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत ‘संस्कृति, प्रर्यटन, कृषि, उद्योग र व्यापार, सुमुन्त एवं समृद्ध धनगढीको विकासको आधार’ भन्ने नाराका साथ एक वडा एक पर्यटक क्षेत्र पहिचान गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक समितिका संयोजक मोत िरानाथारुले बताए ।
महोत्सवमा स्थानीय कला, भेषभुषा, खानपान, लोक संस्कृति र साहित्यको जगेर्ना एवं प्रवद्र्धनमा सहयोग पुग्ने आयोजकले अपेक्षा गरेको छ । साथै कृषि उत्पादनलाई मुख्य प्राथमिकता दिइने आयोजकले जनाए ।
महोत्सवलाई सफल पार्नको लागि विभिन्न उप–समितिहरु गठन गरिएको आयोजकले जनाइएको छ । महोत्सवले भ्रमण वर्षलाई सफल पार्न पनि टेवा पु¥याउने विश्वास आयोजकको छ ।
महोत्सवमा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन मेलासंगै सयभन्दा बढी स्टलहरु राखिने भएका छन् । महोत्सवले स्थानीय उत्पादन तथा महिला उद्यमीलाई प्रोत्साहन गर्ने दावी गरिएको छ । यस्तै महोत्सवमा रमाईलो मेला र बाल उद्यान संञ्चालन हुने छन्।
महोत्सव एक लाख दर्शकले हेर्ने र ५० लाख लागत लाग्ने आयोजकको भनाई छ ।

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares