‘सबैभन्दा बढि भ्रष्टचार प्रदेश २ र ३ मा’

‘सबैभन्दा बढि भ्रष्टचार प्रदेश २ र ३ मा’

२८ पुस (काठमाडौ)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबैभन्दा बढी भ्रष्टाचार प्रदेश नम्वर २ र बागमति प्रदेशमा हुने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । सोमबार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाएको २९औँ वार्षिक प्रतिवेदनमा प्रदेश २ मा २१ दशमलव ५० प्रतिशत र बागमति प्रदेशमा २१ दशमलव १६ प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि हुने गरेको उल्लेख छ ।
बागमति प्रदेशमा काठमाडौँका विभिन्न मन्त्रालय तथा विभागहरु रहेकाले पनि भ्रष्टाचारजन्य गतिविधि र उजुरी सङ्ख्याका आधारमा उच्च स्थानमा देखिएको हो।
आर्थिक वर्ष २०७५/0७६ मा भौगोलिक आधारमा प्रदेश नं १ को आठ दशमलव ८४ प्रतिशत, गण्डकी प्रदेशको छ दशमलव ०७ प्रतिशत, प्रदेश नं ५ को १० दशमलव ९३ प्रतिशत रहेको छ । सबैभन्दा कम कर्णाली प्रदेशको पाँच दशमलव २३ रहेको छ । त्यस्तै सुदूरपश्चिमको सात दशमलव ४० प्रतिशत रहेको छ । बाँकी रहेको १८ दशमलव ८५ प्रतिशत उजुरी गैरकानूनी सम्पत्ति आर्जन एवं नक्कली प्रमाणपत्रको रहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाएपछि आयोगले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता कोइरालाले आव २०७५र७६ मा विस्तृत अनुसन्धानबाट ६५३ कारबाही भएका तथ्यांक पेश गरेका थिए । मुद्दा दर्ता गरिएका ३५१, सम्बद्ध निकायलाई सुझाव दिएका १०५, विभिन्न कारवाहीका लागि लेखी पठाइएका ४६, तामेलीमा राखिएका १३७ र मुल्तबीमा राखिएका १० तथा अन्य चार उजुरी रहेको पनि कोइरालाले जानकारी दिएका थिए ।

Share This
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares