मासिँदै रानाथारुको संस्कृति

मासिँदै रानाथारुको संस्कृति

२८ पुस, (कञ्चनपुर)
पाँच छोरा र बुहारीसहित १८ जनाको परिवार । कञ्चनपुरको लालझाडी गाउँपालिका–३, नन्दगाउँका रमेश राना दम्पती छोराबुहारी र नातिनातिनासहित सगोलमा बसेका छन् । परिवारको सबै रेखदेख गर्ने जिम्मेवारी रमेशमा छ । छोराहरूले आम्दानी भएको सबै रकम बुवालाई नै सुम्पिन्छन् । घरमा आवश्यक सामान किनमेल गर्ने काम रमेश आफैंले गर्छन्न् ।
रमेशलाई अहिलेको आफ्नो परिवार संख्यात्मक रुपमा सानो लाग्छ । १५ वर्षअघिसम्म उनको परिवारमा ४५र५० जनासम्म हुन्थे । उनका बुवाहरू समेत संयुक्त परिवारमै बस्थे । परिवारको जेठो सदस्यले घर व्यवहार चलाउँथे । किनमेलदेखि खेतीपाती लगाउने र भित्र्याउने लगायत व्यावहारिक काम जेठो सदस्यकौ अगुवाइमा हुन्थ्यो । ‘परिवारमा ५० जनाभन्दा बढी हुन्थ्यौं, सबै मिलिजुली काम गर्थ्यौं,’ रमेशले भने, ‘तर, अहिले भने सरसल्लाह नै छैन, छोराको बिहे हुने बित्तिक्कै घर फोड्न हतारो हुन्छ ।’
नन्द गाउँकै भज्जी रानाको पनि १० वर्षअघिसम्म ४० जनाको परिवार थियो । ५ भाइ बुवाहरू सबै एउटै परिवारमा मिलिजुली बस्थे । भज्जीका बुवा जेठा भएकाले उनले नै परिवार चलाउँथे । घरव्यवहारको कामदेखि आर्थिक स्रोत जुटाउने र आवश्यक निर्णय उनले नै गर्थे । ‘हामीहरू त ठूलै परिवारमा रमाउथ्यौं, खेतीपाती र अन्य काम गर्न रमाइलो हुन्थ्यो,’ भज्जी भन्छन्, ‘दुईरतीन जना त दिनभरि भान्सामै हुन्थे, बिहानदेखि साँंझ अबेरसम्मै खाना पकाउने काम चलिरहन्थ्यो ।’ कुनै बेला खाना खान भान्सामा लाइन नै लाग्नुपर्ने अवस्था रहको उनले स्मरण गरे ।
खानामा उनीहरू भातनै रुचाउँछन्, दुवै छाक । विगतमा ठूलो परिवार हुँदादेखि नै उक्त चलन चलेको हो । ४०र५० जनाको परिवारका लागि रोटी पकाउन बढी समय लाग्ने र एकरदुई जनाले पकाउन नसक्ने भएकाले भात पकाउने गरिन्थ्यो । त्यही बानी परेकाले अहिले पनि धेरैले भात नै रुचाउने गरेका छन् । रोटी खान मन लागे २र३ दिनको अन्तरमा पकाउने गरेको भज्जी बताउँछन्न् ।
खेतीपातीको प्रचलन घट्यो
पश्चिम नेपालको कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको रानाथारु समुदाय खेतीपातीमै रमाउने गर्छ । तराईका फाँटमा खेतीपाती गर्नु त्यति सहज छैन । एकातिर खेत र अर्को्तिर बस्ती हुन्छ । सिंँचाइको सुविधा नहुँदा पानी पर्ने बितिक्कै सबै खेत पुग्थे । ‘ठूलो परिवार हुँदा एकैपटक खेतमा काम गर्न सजिलो हुन्थ्यो,’ कञ्चनपुरको भीमदत्त नगरपालिका–१४, नयांँ कटानका ७२ वर्षीय केदारी राना भन्छन्, ‘जमिन पनि धेरै हुन्थ्यो, सबैजना खेतमा पुगेपछि एकछिनमै धेरै काम गर्न सकिन्थ्यो ।’ उनका अनुसार यही भएर विगतमा ठूला परिवार सगोलमै बस्ने गरेका हुन् ।
तर, अहिले ठूलो परिवार देख्न पाइँदैन । घर फुटेसंँगै जमिन पनि खण्डीकरण हुने क्रम बढेको छ । यसले खेतीपाती गर्ने प्रचलन पनि घटेको छ । ‘पहिले एउटै परिवारको ८र१० विघासम्म जमिन हुन्थ्यो,’ नयाँ कटानका ६२ वर्षीय बाबुराम रानाले भने, ‘परिवार चांँडै छुट्टिन थालेपछि जमिन पनि बाँडिएर थोरै मात्र बांँकी छ ।’ उनले विगत जस्तो उत्पादन पनि हुन छाडेको गुनासो गरे । सिंँचाइ सुविधा नहुंँदा आकाशे पानीको भरमा खेतीपाती हुन्थ्यो । असारमा वर्षा सुरु भएपछि धानको ब्याड राख्ने काम गरिन्थ्यो । असार अन्तिमदेखि साउनसम्मै रोपांँइ चल्थ्यो । ठूला फाँटमा पानी रोक्न स–साना गह्रा बनाइन्थ्यो । अहिलेजस्तो ट्रयाक्टर थिएनन् । गोरु वा राँगाले खेत जोत्नुपर्थ्यो । पुरुषहरू खनजोत गर्थे भने महिलाहरू रोप्ने काम । अहिले ट्रयाक्टरको प्रयोग बढेपछि ग्रामीण भेगमा समेत गोरु पाल्न छाडेका छन् ।
नयाँ कटानमा ४० परिवार राना थारुको बसोबास छ । तत्कालिन शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा पूर्वी क्षेत्रका अर्जुनी र रौतेलीबिचवाबाट विस्थापित भएका परिवारलाई सट्टाभर्ना दिएर भीमदत्त नगरपालिका–१४ र १६ को नयाँ कटानमा पुनर्स्थापना गरिएको हो । रानाथारु समुदायको बाहुल्यता भएको क्षेत्रको रुपमा अहिलेको लालझाडी गाउँपालिका चिनिन्छ ।
फेरिँदै होली खेल्ने चलन
राना थारु समुदाय होलीलाई प्रमुख पर्वका रुपमा मनाउँछन् । अन्य समुदायको होली सकिएपछि रानाथारुको सुरु हुन्छ । फागु पुर्णिमापछि खेलिने होलीमा रानाथारु बस्तीमा निकै रौनक छाउँछ । गाउँभरिका महिला र पुरुष सबैजना रातदिन होली खेल्छन् । ‘होली खेलेकै घरमा खान पनि खान्छौं, रातभरि खेलेर रमाइलो गर्छौं,’ नयाँ कटानका नाथु राना भन्छन्, ‘तर, अहिले विभिन्न कारणले यो चलन पनि कम हुँदै गएको छ ।’ पछिल्लो समय रातभरि होली खेल्दा खानपिन आदिका कारण खर्चिलो पनि हुन थालेको उनले बताए । विगतमा घरमै बनेको दाल, भात र तरकारी खाने चलन थियो ।
यसबाहेक उनीहरू दिपावली पनि मनाउँछन् । दिवारीका रुपमा मनाउने उक्त पर्वमा घर लिपपोत गर्ने र कूलदेवताको पूजा गर्ने चलन रहेको बाबुराम बताउँछन् । केही वर्षयता भाइटीका पनि लगाउने गरिएको उनले सुनाए । पहाडी समुदायसंँग घुलमिलका कारण दसैं पनि मनाउन थालिएको उनको भनाइ छ । उनीहरू माघी पर्वमा स्नान गर्ने, खानपिनसंगै रमाइलो गर्छन् ।
लोप हुँदै पहिचान र परम्परा
खरको छानो, माटोले लिपपोत गरेको र काठले बनेको, अनुभवी मिस्त्रीले बनाएको पक्की घरभन्दा पनि आकर्षक देखिने डिजाइन, रानाथारुको पहिचान हो । तर, अहिले यस्ता घरहरू विस्थापित भई धमाधम पक्की घर बन्ने होडबाजी नै चलेको छ । यसले परम्परागत पहिचानसँगै मौलिकतासमेत लोप हुने अवस्थामा पुगेको छ ।
‘माटोको घरमा जाडोमा न्यानो हुन्छ, गर्मीमा शीतल,’ नयाँ कटानका बोट रानाले भने, ‘तर, अहिले सबै पक्की घर बनेपछि पुराना घरहरू हराउन थाले ।’ उनका अनुसार विगतजस्तो काठ नपाइने र खरको पनि अभाव हुने भएकाले पक्की घर निर्माणतर्फ केन्द्रित हुनुपरेको हो ।
घरमात्रै होइन यस समुदायको परम्परागत पहिरन हेर्न पर्व वा विवाह लगायत कुनै शुभकार्य नै पर्खिनुपर्छ । महिलाले लगाउने अंगिया, घगरिया लगायत लुगा र विभिन्न गहना, जुन घरमै आफैं सिउने चलन थियो । हाल ति पहिरन लगाउने त के लुगा सिउने सिप भएका व्यक्तिसमेत भेटाउन गाह्रो हुन थालेको छ । ‘अहिले चाडपर्व वा गाउँमा विवाह भएमात्रै लगाउछा,ैं’ नयाँ कटानकै सिन्टोला रानाले भनिन्, ‘सबैले एकरएक जोर सिएर थन्क्याएका छौं ।’
यहाँ रानाथारु होमस्टे पनि सञ्चालनमा छ । पाहुनालाई सांस्कृतिक कार्यक्रम देखाउन पनि परम्परागत पहिरन लगाउने गरेको उनले सुनाइन् । महिलाजस्तै पुरुषहरूले पनि धोती र कुर्ता लगाउँथे, तर गाउँमा एकरदुई जना बुढापाकाबाहेक अहिले कसैले पनि यस्तो लुगा लगाउँदैनन् । पहिरन मात्रै होइन आधुनिक परिवेशसँगै विभिन्न परम्परागत नाँचहरू समेत लोप हुने अवस्थामा पुगेको उनीहरू बताउँछन् । यो समाचार भवानी भट्टले कान्तिपुरमा लेखेका हुन् ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •