धनगढीमा हेभिइक्युपमेन्ट ब्यवसायीहरुको भेला

धनगढीमा हेभिइक्युपमेन्ट ब्यवसायीहरुको भेला

सुदीप थापा, २८ पुस (धनगढी)

हेभिइक्युपमेन्ट ब्यवसायीहरुको व्यवसायिक भेला सोमबार धनगढीमा सम्पन्न भएको छ ।  भेलामा उनीहरुले ब्यवसायीका समस्यामा सबैले एकजुट भएर समाधानमा लाग्नु पर्ने आवश्यकतामा जोड दिएका छन् । कार्यक्रममा बोल्दै निर्माण ब्यवासायी संघ कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले हेभिइक्युपमेन्टमा क्षति हँुदा डिजलको वीमा नहुँदा मारमा पर्ने गरेको बताए । उहाँले हेभिइक्युपमेन्ट बिक्रि गर्ने ब्यबसायीहरुलाई मेसिन सर्भिसको उचित ब्यबस्थाका साथै र रिसेलको ब्यवस्था गर्न माग गरे ।  संघका केन्द्रिय उपाध्यक्ष दीलबहादुर ओलीले ब्यवसायीहरु एकतावद्ध नहँुदा राज्यले अपहेलना गर्ने गरेको औल्याए । सरकारले विभिन्न बहानामा दुख दिने गरेको बताउँदै उनले सबैभन्दा करको मारमा परेको बताए । सरकारले ल्याएको नयाँ कानुन केही हदसम्म भएपनि ब्यबसायीको हीतमा आएको उनको भनाई छ । सुदुरपश्चिम हेभिइक्युपमेन्ट सघका अध्यक्ष लक्ष्मण साउँदको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति हेभिइक्युपमेन्ट संघका उपाध्यक्ष दीलबहादुर ओली रहेका थिए । कार्यक्रममा स्वागत मन्तब्य संघका महासचिव दानसिंह बढैलालले गरेका हुन्  ।

Share This
  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares