माघी महोत्सवमा पेनाल्टी सुट आउट

माघी महोत्सवमा पेनाल्टी सुट आउट

सुदीप थापा, २१ पुस (धनगढी)
माघ २९ देखि ४ दिसम्म जाली गाउँमा माघी महोत्सव हुने भएको छ । महोत्सवमा पेलान्टी सुटआउट फुटवल प्रतियोगिताको समेत आयोजना गर्न लागिएको छ । थारु समुदायले भलमन्सासमेत महोत्सवको बीचैमा चयन गर्ने भएका छन् ।
धनगढी उपमहानगरपलिका ६ जालीमा पुस २९ देखी माघ ३ गते सम्म लाग्ने माघी महोत्सवमा भलमन्सा र चौकीदार चयन गर्ने कार्यक्रम रहेको छ । हरेक बर्ष जालीमा स्थानीय कला संस्कृति, पर्यटन, व्यापार प्रर्बद्धनका लागी लाग्ने माघी मेला हुदै आएको आयोजक न्यु उपदेश यूवा क्लबका अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।
महोत्सवमा भलमन्सा खोज्नी बोज्ने, पेलान्टी सुटआउट फुटवल प्रतियोगिता, थारु समुदायका कला संस्कृतीको प्रदर्शनी, माघी स्नान, थारु समुदायका खानपानका परिकाहरु, थारु समुदायको सकिया नाच लगायतका कार्यक्रमहरु रहेको महोत्सवका मुल आयोजक समितिका संयोजक बेदप्रशाद चौधरीले जानकारी दिएका छन् ।
पेनाल्टी सुट आउट प्रतियोगितामा विजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्ने छन् । भने प्रतियोगितामा ५० टिम भन्दा बढीको सहभागीता रहने उनले बताए ।
यस्तै माघ १ गते भक्तजनका लागि कुण्डमा स्नानको व्यवस्था, पुजा पाठ तथा भजनकृतन र रमाईलो मेलाको कार्यक्रम रहका छन्, भने माघ ३ गते भलमन्सा चयन गर्ने कार्यक्रम रहेको छ ।

Share This
  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares