जब वडाध्यक्ष न्यानो कपडा बोकेर विपन्नको घरमै पुगे …

जब वडाध्यक्ष न्यानो कपडा बोकेर विपन्नको घरमै पुगे …

२१ पुस (बाजुरा)
सोमबार दिउँसो पिठ्युमा गुन्टो बोकेका वडाध्यक्ष आफ्नै घरको आँगनमा टुप्लुक्क पुगेपछि एकछिन त पक्षघातले हिँडडुल गर्न नसक्ने धना बिक अक्क न बक्क भइन् । वडाध्यक्षले आँगनमै उभिएर केहीबेर विश्राम गर्दै धनाको हालखबर, सञ्चोविसञ्चो सोधें । केही छिनपछि आफुले बोकेर ल्याएको गुन्टो खोल्दै बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष धर्मराज पाध्यायले धनालाई भने, ‘जाडो बढेको छ, केही राहत होला भनेर कम्मल र ब्ल्याङकेट ल्याइदिएका छौं, लौ राख्नुहोला ।’ त्यो देखेर विपन्न परिवार, त्यसैमा शारिरीक रुपमा थलिएकी धनाको मुखबाट वाक्यै फुटेन ।
जाडो बढ्दै गएपछि बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष धर्मराज पाध्यायले सोमबार दमका विरामी, विपन्न, बृद्धबृद्धा र अपांगलाई घरमै पुगेर न्यानो कपडा कम्मल र व्ल्याङकेट वितरण गरेका छन् ।
वडा कार्यालयको सहयोग तथा स्वास्थ्य चौकी चुथीको समन्वयमा उनीहरुलाई न्यानो कपडा वितरण गरिएको अध्यक्ष पाध्यायले बताए । वडाका २५ जना विपन्न र अशक्तहरुलाई न्यानो कपडा वितरण गरिएको उनले बताए । यस्तै कालिका आधारभुत विद्यालयका विपन्न ७ जना बालबालिकालाई न्यानो जकेट तथा वडाका ४ वटा सामुदायिक विद्यालयमा खेलकुद सामग्री पनि वितरण गरिएको पाध्यायले बताएका छन् ।

Share This
  • 1.3K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.3K
    Shares