सुगमको ‘वान एमबी फेरी त्यो दिन’ टुर हुँदै

सुगमको ‘वान एमबी फेरी त्यो दिन’ टुर हुँदै

फेम नेपालको आयोजनामा गायक सुगम पोखरेलको ‘वान एमबी फेरी त्यो दिन’ नेपाल टुर हुने भएको छ । देशका विभिन्न जिल्लामा आयोजना हुन लागेको यो कन्सर्ट सुगमको पहिलो इन्डोर कन्सर्ट हुनेछ । जुलाई १२ तारिक पोखराको किङ्स लाउन्जबाट सुरु हुने कन्सर्ट जुलाई १३ तारिक बुटवलको द कन्सेप्ट, जुलाई १५ तारिक नारायणगढको ग्यालेक्सी एम्पायर, जुलाई १७ तारिक इटहरीको इम्पेरियल, जुलाई १९ तारिक धरानको भिन्टेज हुँदै जुलाई २६ तारिक काठमाण्डौको प्ले बोई क्लबमा हुनेछ ।

काठमाण्डौ बाहिर साँझ ६ बजे देखि ११ बजे सम्म आयोजना हुने कन्सर्ट काठमाण्डौमा भने राति ९ बजे देखि बिहान ४ बजे सम्म आयोजना हुनेछ । कन्सर्टमा गायक पोखरेलले आफ्ना दर्जन बढी नयाँ तथा पुराना गीतहरु प्रस्तुत गर्ने छन् ।
यसअघि काठमाण्डौ टुँडिखेलमा सुगमसंगै लाउरे, स्वप्न सुमन लगायतको कन्सर्ट गरेको फेम नेपालले मोफलका दर्शक श्रोताको मागलाई ध्यानमा राख्दै सुगम पोखरेलको अल नेपाल कन्सर्ट गर्न लागेको बताएको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •