नाफा कमाउने उद्देश्य मात्रै नराखौं– सांसद पन्त

नाफा कमाउने उद्देश्य मात्रै नराखौं– सांसद पन्त

सुदीप थापा, १९ पुस (धनगढी)
सहकारीले ऋण दिने र नाफा मात्रै कमाउनेमा मात्र नलाग्न नेपाली कांग्रेसका प्रदेश सांसद डिल्लीराज पन्तले आग्रह गरे । हिमशिखर बहुउद्देशिय सहकारी संस्था लिमिटेडको धनगढीमा सम्पन्न भएको ११औं साधारणसभालाई सम्बोधन गर्दै सांसद पन्तले उक्त कुरा बताएका हुन् ।
सहकारीले समाजका लागि लाग्नुपर्ने, देशका लागि लाग्नुपर्ने उनको भनाई थियो । ‘१२ जना विधार्थीबाट सुरु गरेको सहकारी आज ११ बर्षमा प्रवेश गर्दा धेरै अगाडी बढेको देखेर संस्थापकहरुलाई बधाई दिन मन लाग्यो’ उनले भने । नेपालको तीन खम्बे अर्थनीति अन्तर्गतको एउटा खम्वा सहकारी भएको उल्लेख गर्दै सहकारीले लगानी गर्ने ठाउँमा आफ्ना ऋणीहरुलाई निश्चित उद्देश्य बोकेर लगानी गर्न उनले आग्रह गरे ।
हिमखिर सहकारी व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीको शेयर पु“जी २० करोड ५६ लाख ५५ हजार, जगेडा तथा कोष १२ करोड १९ लाख ९९ हजार, निक्षेप दायित्व २१ करोड ५ लाख ५३ हजार, ऋण दायित्व १७ करोड ६७ लाख ८ हजार रहेको भण्डारीले जानकारी दिए ।
कार्यक्रममा समाजसेवी बद्रीनाथ भण्डारी, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य कर्ण शाह, सवै भन्दा बढी सेयर कित्ता भएका र भवन निर्माणमा प्राविधिक सहयोग गरेका ई. कृष्ण गोपाल भण्डारी, जेष्ठ नागरीक सेयर सदस्य ७२ बर्षीया कृष्णदेवी सिंह, असल ऋणी केशरीदेवी चौधरी, शुभप्रेरण महिला समुहकी उत्कृष्ट बचत कर्ता धनगढी बसपार्ककी निरा प्रसाईलगाएतलाई सहकारीले कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रेम विवस चन्द र माया पाण्डेको स्वर तथा रचनामा हिमशिखर गान गाईएको थियो । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख हरिसिंह साउँद, महिला उपसमितिकी सदस्य भक्ति फुलारा, सेयर सदस्य खगेन्द्र राज अवस्थीलगायत मन्न्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सहकारीका उपाध्यक्ष रोशन सिंहले गरेका हुन्

Share This
  • 219
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    219
    Shares