बाजुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु

बाजुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु

१७ पुस (बाजुरा)
बिहिबार बाजुरामा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिप मालिकसमेत रहेका चालक बाजुराकै जगन्नाथ गाउ“पालिका ५ का २७ बर्षीय रमेशबहादुर शाही, हिमाली गाउ“पालिका ६ का ३६ बर्षीय पवन भण्डारी, कैलालीको मोहन्याल गाउ“पालिका ५ का ३३ बर्षीय दिनेश कुमार घर्तीमगर र मुगुको कर्मारोड गाउ“पाकिला ८ का ३८ बर्षीय पेमा लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धवसिंह भाटले बताए । उनका अनुसार स्वार्मीकार्तिक खापर गाउ“पालिका ४ वाई की १३ बर्षीया सुशिला बिक कर्णालीमा बेपत्ता छिन् । उनको खोजी कार्य जारी रहेको डिएसपी भाटले जानकारी दिए ।
हिमाली गाउ“पालिकाको धुलाचौरबाट जगन्नाथको पीलुचौरतर्फ आइरहेको से १ ज १०६४ नम्बरको जिप कोल्टी नजिकै बा“धुको कालापहाडा भीरबाट ३ सय मिटर तल कर्णाली नदीमा खसेको छ ।
दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । घाइतेहरुलाई थप उपचारका लागि सेनाको हेलिकोप्टरद्धारा कोलहलपुर पु¥याइएको डिएसपी भाटले बताए । दुर्घटनाको कारण एकिन हुन नसेको बताउ“दै उनले भने, ‘अप्ठेरो ठाउ“मा दुर्घटना भएको छ ।’

Share This
  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares