पत्रकार अवस्थीका छोराको उपचारमा आर्थिक समस्या

पत्रकार अवस्थीका छोराको उपचारमा आर्थिक समस्या

१२ पुस (धनगढी)
बैतडीका पत्रकार महेश अवस्थीका दुई महिने छोराको कलेजो प्रत्यारोपणका लागि आर्थिक समस्या भएको छ । हाल भारतको चेन्नइमा छोराको उपचार गराइरहेका पत्रकार अवस्थीले सहयोगको अपील गरेका छन् । उपचारमा ठुलो धनराशी आवश्यक भएपछि बैतडीबाट शिवांश बचाउ अभियान सुरु गरी आर्थिक सहयोगका जुटाउन थालिएको छ ।
बैतडीको रेडियो निङलासैनी र रेडियो सेभन स्टारका सञ्चालक समेत रहेका अवस्थीका छोराको उपचारमा सहयोग गरिदिन अपिल गरिएको हो। सहयोग गर्ने व्यक्तिलाई अवस्थीको ग्लोबल आईएमई बैंक बैतडीको ३१०७०१०००९९४७ र एनसीसी बैंक बैतडीकै ०२०००००१६४४१० नम्बरको खातामा सहयोग राशि जम्मा गरिदिन आग्रह गरिएको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •