आमाबुवाको सम्झनामा खेलकुद सामाग्री वितरण

आमाबुवाको सम्झनामा खेलकुद सामाग्री वितरण

सुदीप थापा, १२ पुस (धनगढी)
धनगढीकी अधिवक्ता तथा समाजसेवी डा. जानकी तुलाधरले आफ्ना स्वर्गीय आमाबुवा प्रेमलाल तुलाधर र आमा प्रेमकुमारी तुलाधरको सम्झानामा शनिबार एक कार्यक्रमको आयोजना गरी धनगढीस्थित सुदूरपश्चिम एकेडेमीका विद्यार्थीहरुलाई २० हजार बराबरको विद्यार्थीहरुलाई खेलकुद सामग्री वितरण गरेकी छिन् । तुलाधरका तीन भाई एक बहिनी छन् । आमाबुवको सम्झनामा परोपकारी काम गर्ने उदेश्यले यस बर्ष बिद्यार्थीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरेको उनले बताईन् ।
सुदूरपश्चिम क्याम्पसका अध्यक्ष योगेन्द्रबहादुर शाही, क्याम्पस प्रमुख हेमराज जोशी, सहायक क्याम्पस प्रमुख उत्तमसिह भण्डारीले कार्यक्रममा सहयोग गरेकोमा धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

Share This
  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares