सरकारले जनतालाई जवाफ दिनै पर्छ -रावल

सरकारले जनतालाई जवाफ दिनै पर्छ -रावल

११ पुस (काठमाण्डो)
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भिम रावलले नेपालको संविधान नै अमेरिकाको अधिनमा हुने गरी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता भएको बताएका छन् ।
नेता रावलले देशको विकासका लागि अमेरिकी सहयोग आवश्यक भए पनि देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनतालाई ध्यान दिनु पर्ने बताए । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले एमसिसी सम्झौताको धारा ७ को दफा ७ (१) अनुसार सम्झौताको कुनै दफा बाझिएमा नेपालको कानुन नै त्यसको अधिनमा हुने विषय मान्य नहुने बताएका छन् । त्यसको जवाफ सम्झौता गर्नेले नेपाली जनतालाई दिनु पर्ने उनको भनाइ थियो ।

Share This
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares