प्रहरीद्धारा दाउरा वितरण

प्रहरीद्धारा दाउरा वितरण

सुदीप थापा, १० पुस (धनगढी(
पश्चिम तराइमा अत्यधिक चिसो बढेको छ । शीतलहर तथा चिसोबाट बच्नका लागि प्रहरीको सक्रियतामा स्थानीय र सामुदायिक वनहरुसँग आवश्यक समन्वयमा कैलाली जिल्लाको विभिन्न स्थान र चोकहरुमा दाउरा वितरण गरेको छ । प्रहरीले धनगढी उप महानगरपालिका, गोदावरी, गौरीगंगा, घोडाघोडी, बर्दगोरिया, लम्की चुहा र टीकापुर नगरपालिकाका विभिन्न स्थानहरु दाउरा वितरण गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •