स्पोर्टस अवार्डको तयारी अन्तिम चरणमा

स्पोर्टस अवार्डको तयारी अन्तिम चरणमा

सुदीप थापा, १० पुस (धनगढी)
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्न लागेको प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डको तयारी अन्तिम चरणमा पुगको मञ्चले जनाएको छ । यही पुस १५ गते अर्वाडको कार्यक्रम हुदैछ ।
सो अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली हस्पिटल भएको छ । मुख्य प्रायोजककै नामबाट प्रथम कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्ड राखिएको छ । मञ्चले त्यसबारे बिहिबार धनगढीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । अवार्डको प्रवद्र्धकसमेत रहेको कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले सुदूरपश्चिममा नयाँ अभ्यासको थालनी भएकोमा खुसी व्यक्त गरे । निजि क्षेत्रलाई अवार्डमा जोडिन आग्रह गर्दै ओझाले पनि व्यक्तिगत सहयोगको समेत घोषणा गरे ।
पत्रकार सम्मेलनमै पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष अर्जुन शाहले आवार्डमा जोडिएका प्रायोजकलाई धन्यवाद ज्ञापन गर्दै सफलताको कामना गरे । अवार्डमा सह–प्रायोजक शौभाग्यश्वर फार्मेसी रहेको अवार्डमा बर्ष पुरुष खेलाडीलाई शारदा राईस मिल, बर्ष महिला खेलाडीलाई निसर्ग हस्पिटल, बर्ष प्रशिक्षकलाई दिनेश सोप, बर्ष युवा खेलाडीलाई केटिएम वाईक, स्पेशल अवार्डलाई माया मेट्रो हस्पिटल र लाईफटाईम एचिभमेन्ट अवार्डलाई ठाकुर ग्रुपले प्रायोजन गरेका छन् ।
मुख्य प्रवद्र्धकमा सामाजिक विकास मन्त्रालय र कैलाली जिल्ला खेलकुद विकास समिती रहेका छन् भने प्रवद्र्धकको रुपमा घोडाघोडी नगरपालिकासहित सुदूरपश्चिमका विभिन्न स्थानीय तह र कैलाली उद्योग वाणिज्य संघ रहेको आयोजकले जनाएको छ । त्यसैगरी मेडिकल पाटर्नरको रुपमा घोडाघोडी अस्पताल, हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट, मेकअप पाटर्नरको रुपमा मेरो श्रृंगार रहेका छन ।. धनगढीको ओम प्यालेसमा आयोजना हुने अवार्ड कार्यक्रम झण्डै तीन घण्टा सञ्चालन हुनेछ । त्यसमा विभिन्न सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु पनि समावेश गरिने मञ्चका अध्यक्ष सिताराम ओझाले बताएका छन् ।
चार विधाको मनोनयन सार्वजनिक
विभिन्न ६ वटा विधामा दिईने अवार्ड मध्ये चार विधाका लागि आयोजक खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मनोनयन सार्वजनिक गरेको हो । शारदा राईस मिल बर्ष पुरुष खेलाडीमा ब्याटमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका खड्क वोहोरा र भारात्तोलनका सागर भण्डारी मनोनयनमा परेका छन । निसर्ग हस्पिटल बर्ष महिला खेलाडीको मनोनयनमा क्रिकेटकी कविता कुँवर, कुस्तीकी संगीता धामी र हक्कीकी विन्दु विष्ट रहेकी छिन् । दिनेश सोप बर्ष प्रशिक्षकमा भारात्तोलनका जीवन गौतम, कुस्तीका राजेन्द्र चन्द र क्रिकेटका ज्ञानेन्द्र क्षेत्री मनोनयनमा परेका छन् ।
केटिएम वाईक बर्ष युवा खेलाडीमा भारात्तोलनका सागर भण्डारी, फुटबलकी चन्द्रा भण्डारी र उसुकी अलिशा खाती मनोनयनमा रहेको पत्रकार सम्मेलनमा आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले सार्वजनिक गरे । ‘माया मेट्रो हस्पिटल स्पेशल अवार्ड र ठाकुर ग्रुप लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिन गरिनेछ,।

Share This
  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares