गाउँपालिका अध्यक्ष अपहरणमा

गाउँपालिका अध्यक्ष अपहरणमा

६ पुस (दैलेख(
दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दैलेख जिल्ला कमिटी सदस्य धीरबहादुर शाहीलाई शनिबार अपहरणमा परेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अपहरण गरेको हो ।
शाहीसँगै उनकी श्रीमती तथा नेपाल राष्ट्रिय शिक्षक संगठनकी केन्द्रीय उपाध्यक्ष इला मल्ल शाहीलाई पनि विप्लव समूहले अपहरण गरेको छ । दैलेखका सहायक प्रमुख जिल्ला अधिकारीले इन्द्रबहादुर क्षेत्रीले प्रारम्भिक विवरणमा दुबै जना अपहरणमा परेको देखिएको बताए ।। ‘घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने ।
दैलेख निवासी नेकपाका विदेश विभाग उपप्रमुख रहेका नेता विष्णु रिजालका अनुसार शाही दम्पत्तिलाई हिजो राती ठाँटीकाँध २ को श्रीपाटामा रहेको आफ्नै घरबाट अपहरण गरेर बिजारेको जंगल हुँदै कालीकोटको भर्तांतिर लिएको जानकारी दिएका छन् ।
गत वर्ष सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहले जनप्रतिनिधिसँग तीव्र रूपमा चन्दा असुली गरे पनि जनप्रतिनिधिलाई अपहरण नै गरेको यो पहिलो घटना हो ।

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares