मन्त्रीको लाइनमा महतो

मन्त्रीको लाइनमा महतो

नेकपा र राजपाबीच राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने सहमतिसंगै राजेन्द्र महतो मन्त्री हुनसक्ने आकलन गर्न थालिएको छ ।

३ पुस (काठमाडौँ) सत्तारुढ नेकपा र राष्ट्रिय जनता पार्टीबीच दुई बुँदे सहमति भएसंगै राजपाले सरकारमा पनि जाने संकेत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा विहिबार सम्पन्न बैठकले राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने र राष्ट्रिय मुद्दाहरूमा दुई पार्टीबीच नियमित छलफल गरेर सहकार्य गर्ने सहमति गरेको हो।
राष्ट्रियसभा निर्वाचनमा नेकपाले प्रदेश २ मा राजपालाई सघाउने सहमति पत्रमा उल्लेख छ। सहमतिपत्रमा नेकपाका तर्फबाट प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल तथा राजपाका तर्फबाट अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेका छन्।
बैठकमा राजपा अध्यक्ष मण्डलका सदस्यहरू महन्थ ठाकुर, शरतसिंह भण्डारी, राजकिशोर यादव र महेन्द्रराय यादवको उपस्थिति थियो। यता नेकपाका तर्फबाट अध्यक्षद्वयसँगै महासचिव विष्णु पौडेल, सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङ उपस्थित थिए।

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares