जाडोले हैरान

जाडोले हैरान

सुदीप थापा, २ पुस (धनगढी)
मंगलबारदेखि धनगढीलगायत तराईमा बढेको चिसोले धेरैलाई थुरथर कमाएको छ । बालबालिका र बृद्धबृद्धालाई सास्ती बढेको छ । जनजीवन कष्टकर बन्दै गएको छ ।
अत्याधिक चिसो भएसंगै यस क्षेत्रका बासिन्दा दैनिक कामकाज गर्न सकिरहेका छैनन् । हिडडुल गर्नसमेत सकस भएको छ । चिसोका कारण मजदुर, स्कुले बालबालिका, बृद्घबृद्घाहरु, सुत्केरी महिला, नवजात शिशुलाई बढि प्रभावित भएका छन् । त्यस्तै सेती प्रादेशिक अस्पतालमा चिसोका कारण विरामी भएका विरामीको संख्या ह्वात्तै बढेको छ ।
चिसोहावाका काराण ज्वरो, रुघाखोकी, हाडजोर्नी, स्वासप्रस्वासका विरामी पनि बढेका छन् । सेती प्रादेशिक अस्पतालका अनुसार चिसोले रुघाखोकी, भाईरल जोरो, निमोनिया जस्ता समस्या बढेका छन् ।
जाडो बढेपछि बाबालिकालाई स्कुल पठाउन, कार्यालय जान गाह्रो भएको धनगढी मित्रनगरकी आशिका थापाले बताईन् । जाडोले घरायसी कामकाज गर्नसमेत समस्या भएको उनले बताईन् । जाडोबाट बच्न न्यानो कपडा, झोलिलो पादार्थ खाने, विहान र बेलुका सकभर घरमै बस्ने, तातोपानी मात्र पिउने, चिसोका कारण कुनै पनि समस्या परेमा नजिकको स्वास्थ्य चौकीमा जाने गरे चिसोबाट बच्न सकिने चिक्त्सिकहरु बताउँछन् ।

Share This
  • 236
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    236
    Shares