एक अर्ब ३३ करोडमा ओबामाले किनेको घर

एक अर्ब ३३ करोडमा ओबामाले किनेको घर

१ पुस (काठमाण्डौं)
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले एक अर्ब ३३ करोडमा घर किनेका छन् । ओबामाले डिसेम्बर ४ तारिखमा एड्गरटाउनस्थित मार्थाज भाइनयार्ड किनेका हुन्।
उक्त घरको मूल्य ११.७५ मिलियन डलर अर्थात् एक अर्ब ३३ करोड ७४ लाख ३७ हजार ३९ रुपैयाँ परेको छ।
ओबामाले विक्लिफ ग्राउसबेक र कोरिन बास्लर ग्राउसबेकबाट उक्त घर किनेका हुन् जो चर्चित बास्केटबल क्लब बोस्टन सेल्टिक्सका मालिक समेत हुन्।
६ हजार ८ सय ९२ स्क्वायर फुटमा बनेको घरमा ७ बेडरुम, ८ शौचालय, २ ग्यारेज, स्विमिङ पुल लगायतका सुविधा छन् । सन् २०१५ देखि विक्रीमा रहेको घरको मूल्य २२.५ मिलियन डलर राखिएको थियो तर पछि घरको मूल्य घट्यो।
यसअघि जुनमा १६.२५ मिलियन डलर राखिएको थियो भने फेरि जुलाईमा १४.८५ मिलियन डलरमा घटेको थियो । ओबामा मार्थज भाइनयार्डमा हरेक वर्षको अगष्टमा सपरिवारसँग घुम्न जान्थे । (ऐजन्सी)

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •