धनगढीमा अध्यधिक चिसो

धनगढीमा अध्यधिक चिसो

१ पुस (धनगढी)
धनगढीलगायत पश्चिम तराईका जिल्लामा शीतलहर सुरू भएर अत्यधिक जाडो बढेको छ । कैलाली, बर्दिया, बाँके, दाङलगायतका पश्चिम तराईमा शीतलहरले जनजीवन प्रभावित भएको छ । घाम लागेको छैन । चिसो बढेको छ ।
बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ। दिउसो पनि घाम लाग्न छाडेको छ। बिहान र साँझ भने बाहिरभित्र गनै समस्या हुन थालेको स्थानीय वासिन्दाले बताएका छन् ।
शीतलहरसँगै जाडोका कारण बिहान स्कूल एवं कलेज पढ्ने विद्यार्थी, पढाउने शिक्षकलगायत बिहानै काम गर्ने मजदुर धेरै प्रभावित बनेका छन्। शीतलहरका कारण वृद्धवृद्धा र बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्।
शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको सङ्क्रमण बढ्न थालेको छ।
चिसो बढेपछि स्थानीय बासिन्दाले बिहानपख ठाउँ–ठाउँमा आगो बाल्न सुरू गरेका छन्।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •