श्रीमान शहिद भएपछिमात्र श्रीमतीको पालो आउने अवस्था हुनु भएन

श्रीमान शहिद भएपछिमात्र श्रीमतीको पालो आउने अवस्था हुनु भएन

१ पुस (काठमाण्डौं)
नेकपा नेतृ भुषालले स्थायी कमिटि बैठकमा प्रतिनिधित्वका लागि मौखिक रुपमै ध्यानाकर्षण गराइसके पनि आवश्यकताअनुसार लिखित प्रस्ताव पनि दर्ता हुनसक्ने बताईन् ।
‘महिला–पुरुष दुवैको सँगसँगै आन्दोलनमा सहभागिता हुँदै आएको छ, जनयुद्धमा २५ सय, जनआन्दोलनमा दर्जनौ महिलाले परिवर्तनका लागि वलिदान दिएका छन्, आधा भन्दा बढि महिला मतदाता छन्’, भुषालको कटाक्ष थियो–‘यति हुँदाहुँदै पनि हामीले मागे जस्तो हुने तर प्रतिनिधित्व नभइ नहुने अबस्था छ, त्यसैले सचिवालयलाई १५ सदस्यीय बनाउँदै स्थायी समिति र पोलिटब्यूरोमा पनि महिलाको संख्या बढाऊँ, श्रीमानको मृत्युपछि मात्र श्रीमतीको पालो आउने जस्तो अबस्था हुनुभएन, नेपालमा महिलाहरुको सहभागिताबारे विदेशीहरुको पनि अध्ययन थलो बनिरहेका बेला उदाहरणीय अबस्था कायम राखौं ।’
पार्टी विघटन सरहकै अबस्थामा छ स् युवराज ज्ञवाली
अठार महिनादेखि केन्द्रीय कमिटी बसेको छैन, एक वर्षपछि स्थायी समिति बैठक बस्दैछ । लामो समयसम्म पार्टीको बैठक नबस्नु र चलायमान नहुनु पार्टी विघटन सरहकै अबस्था हो । लोकतन्त्रमा, कम्युनिष्ट पार्टीमा पनि पार्टी लामो समयसम्म व्यक्तिको स्वेच्छामा कसरी चल्न सक्छ ? अध्यक्षको हकमा एक व्यक्ति स् एक मुख्य जिम्मेवारी लागू भएका कारण एउटा अध्यक्ष बिरामी भएको अबस्थामा पनि अहिले अर्का अध्यक्ष प्रचण्डले बैठक संचालन गर्नुभएको छ । त्यसैले माथिदेखि तलैसम्म यसलाई कडाईका साथ लागू गर्नुपर्छ । पार्टीले सरकारको दैनिक काममा हस्तक्षेप गर्नु हुँदैन तर मुख्य योजनाहरु पार्टीले बनाउने र सरकारले कार्यान्वयन गर्ने हुनुपर्छ तर अहिले सरकारले गरेका निर्णय प्रचार गर्ने संयन्त्रका रुपमा मात्र पार्टीलाई स्थापित गर्ने प्रयास भइरहेकाले उल्टो विधिलाई सुल्ट्याएर जानुपर्छ । स्थायी समितिको एक तिहाई हनुेगरी सचिवालयलाई महिलासमेत समावेश हुनेगरी बिस्तार गरेर १५ सदस्यीय बनाउनुपर्छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •