पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको फैसला

पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको फैसला

१ पुस (काठमाण्डौं)
पाकिस्तानको विशेष अदालतले पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा फाँसीको सजाय सुनाएको छ ।
तीन सदस्यीय विशेष अदालतले २र१ मतले मृत्युदण्ड सुनाएको हो । २०१६ मार्चमा मुशर्रफले पाकिस्तान छाडेका थिए । उनी हाल दुबईमा बस्दै अएका छन् ।
३ नोभेम्बर २००७ मा, संकटकाल लागू गरेको अभियोगमा डिसेम्बर २०१३ मा उनी विरूद्ध देशद्रोहको मुद्दा दर्ता गरिएको थियो । २०१३ मा नवाज शरीफ सरकारले मुशर्रफविरुद्ध देशद्रोह र गैह्रकानुनी काम गरेको आरोपमा मुद्दा हालेको थियो । (एजेन्सी)

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •