नेकपा अन्योलग्रस्त

नेकपा अन्योलग्रस्त

३० मंसिर (काठमाण्डौं)
एक वर्षपछि पार्टी कार्यालय धुम्बाराहीमा आइतबार सुरु भएको नेकपा एक वर्षपछि पार्टी कार्यालय धुम्बाराहीमा आइतबार सुरु भएको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालद्धारा प्रस्तुत प्रतिवेदनमा पार्टी एकीकरणमा भएको ढिलाइका कारण पार्टी संस्थागत हुन नसकेको स्विकारोक्तिसहित प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘पार्टी एकतामा भएको ढिलाइ, आधिकारिक र व्यवस्थित प्रकाशन, प्रचार, प्रशिक्षण र स्कुलिङको अभावमा पार्टी अन्योलग्रस्त छ,’ प्रतिवेदनमा भनिएको छ । पार्टी अनुशासनको स्तर दयनीय रहेको उल्लेख गर्दै भनिएको छ, ‘पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिने खतरा दिन प्रतिदिन बढ्दै गएको छ ।’ पार्टी एकतालाई सुदृढ गर्न भन्दै ९ बुँदे प्रस्ताव गरिएको छ । जसमा योजनाबद्ध प्रशिक्षण, पार्टी कार्यक्रमबारे जानकारी, वैचारिक राजनीतिक बहस, स्वाधीन अर्थतन्त्रको विकास, संगठन व्यवस्थित, सदस्यता नवीकरणलगायत छन् ।
यस्तै नियमित पार्टी बैठक, विधिसंगत निर्णय, पार्टी र सरकारविरुद्ध जनतामा भ्रम छर्ने गरी अभिव्यक्ति दिनेलाई कारबाहीको आवश्यकता औंल्याइएको छ ।

Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares