पूर्व उपप्रधानमन्त्री रावलद्धारा सुदूरपश्चिम महोत्सवको उद्घाटन

पूर्व उपप्रधानमन्त्री रावलद्धारा सुदूरपश्चिम महोत्सवको उद्घाटन

२२ मंसिर (धनगढी)
पूर्वउपप्रधान, रक्षा तथा गृहमन्त्री भीमबहादुर रावलले आइतबार सुदुरपश्चिम महोत्सवको उद्धघाटन गरेका छन् ।
उदघाटन समारोहमा आयोजकले रावललाई ७ बुद्धे माग सहित ७ किलोको माला लगाइएको छन् । ‘समृद्ध सुदुरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मुल नाराका साथ संघिय प्रहरी कार्यालयको मैदानमा आयोजना भईरहेको महोत्सव पुस २ गतेसम्म चल्ने छ । महोत्सवमा स्थानीय कला सस्कृती, कृषि प्रदर्शनी, अटोमोबाइल्सको प्रदर्शनी, रमाइलो मेलाका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
सुदुरपश्चिम महोत्सवकामा विभिन्न ब्यापारीक स्टल तथा खानाका परिकारहरु गरि ३ सय स्टलहरु रहने कैलाली उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिए । यो महोत्सवको १४ सस्करण हो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •