उद्योगमन्त्री भट्टको द्धन्द्धकालीन बंकर

उद्योगमन्त्री भट्टको द्धन्द्धकालीन बंकर

१८ मंसिर (धनगढी)

कैलाली क्षेत्र नम्बर ४ बाट निर्वा्चित तत्कालीन माओवादी नेता लेखराज भट्ट ३ पटक मन्त्री पदमा पुगेका छन् । उनी मुलुक शान्ति प्रक्रियामा अघि बढेयता आफूले भूमिगत जिन्दगी बिताएको मोहन्याल भने एकपटक पनि पुगेका छैनन् ।
साविकको मोहन्याल–२, सिमकमल बमको घर उनको लुक्ने ठाउँ थियो । सेनाको हवाई गस्तीबाट बच्न उनले त्यही घरभित्र बंकर खनेका थिए । अहिले पनि ७५ वर्षीय बम त्यही घरमा छन् । उनका अनुसार नेता भट्ट देश बनाउने अनेक कुरा गर्थे । सर्वहारा वर्गको उत्थानको लडाइँमा साथ दिने जनता यो देशको शासक बनाउने भन्थे । अहिले ती गफ झूटा भएको उनले महसुस गरेका छन् ।
पति कुर्दै लाहुरे बज्यै
साविकको मोहन्याल–५, कटौजे जिमकट्टेकी ६० वर्षकी रमिता घर्तीमगर आफ्ना पति इन्डियन आर्मी करनसिंहको बाटो कुरेरै बसेकी छन् । २०५९ वैशाख २१ गते तत्कालीन शाही सेनाले समातेर लगेका उनी फर्किएका छैनन् । पूर्व इन्डियन आर्मी करनसिंह बेपत्ताको सूचीमा छन् । ‘बाटो कुरेरै बसेकी छु । न श्वास छ, लास छ,’ उनले भनिन् । उनले सरकारबाट १० लाख राहत पाएकी छन् । तर आफ्नो निर्दोष पति फर्किन्छन् कि भनेर उनले बाटो हेर्न छाडेकी छैनन्।कान्तिपुरबाट

Share This
  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares