वित्तिय सम्मेलनको उद्घाटन प्रचण्डले गर्ने

वित्तिय सम्मेलनको उद्घाटन प्रचण्डले गर्ने

१७ मंसिर (धनगढी)
सदुरपश्चिम प्रदेश सरकारले मंसिर २० गते आयोजना गर्न लागेको वित्तिय सम्मेलनको उद्घाटन गर्ने भएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा मंसिर २० गते वित्तिय सम्मेलन आयोजना गर्न लागिएको हो । वित्तीय पहुँचको सुनिश्चितता प्रदेश सरकारको प्रतिवद्धता मुल नारासहित धनगढीमा एकदिने सम्मेलनको आयोजना गरिन लागेको मन्त्रालयले जनाएको छ ।
सोमवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री झपटबहादुर बोहराले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताए । प्रदेश मन्त्रीपरिषद बैठकले वित्तिय सम्मेलन आयोजनाका लागि गरेको निर्णय बमोजिम पहिलो पटक प्रदेशले वित्तिय सम्मेलन गर्न लागेको मन्त्री बोहराले बताए ।
सो सम्मेलनमा उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, श्रम तथा रोजगारी मन्त्री, अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका गभर्नर विशेष अतिथिको रुपमा सहभागी हुनेछन् ।

Share This
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares