टिप्पणी: जनताले पोल्टाभरि दिए, अब दिने पालो ‘लेखराज सर’को

टिप्पणी: जनताले पोल्टाभरि दिए, अब दिने पालो ‘लेखराज सर’को

पुस्कर बहादुर सिंह
६ मंसिर (अत्तरिया)
तत्कालीन नेकपा माओवादीको आन्दोलनमा फरक पृष्ठभूमिबाट प्रवेश गरेर सुप्रिमो प्रचण्डसंग गहिरो सम्बन्ध बनाएका सुदूरपश्चिमका कम्युनिष्ट नेता लेखराज भट्ट ((मेरो चिनजान नभएपनि लेखराज भट्टलाई धेरैले ‘लेखराज सर’ भनेर सम्बोधन गर्ने गरेको सुनेको छु)) शक्तिशाली भन्ने गरिएको अहिलेको दुई तिहाइको सरकारमा पुनः प्रभावशाली मन्त्रालयको मन्त्रीमा इन्ट्री भएका छन् ।
उनले लगातार ३ दशकसम्म जनतासंग मागिरहे । मागेअनुसार जनताले उनलाई पोल्टाभरि दिएका पनि छन् । उनै जनताले भूमिगतकालमा सुरक्षा र आश्रयको घेरा दिए । अहिले जनमत दिएका छन् । अब जनता र देशलाई दिने ठाउँमा उनी पुगेका छन् । त्यसैले दिने पालो अब उनको । इच्छाएको इतिहास निर्माण गर्ने मौका र चुनौतिको चौघेरामा रहेका मन्त्री भट्टप्रति यतिबेला नकारात्मक आशंका गर्नु छैन । भविष्य गर्भमा भएपनि वर्तमानमा उनीप्रति सकारात्मक आशा बोकेर उनका कामहरु नियाल्नु छ । अनुभूत गर्नुछ ।
महान सपुत भीमदत्त पन्तको आन्दोलनबाट पे्ररित नेता भनिन्छ लेखराज भट्टलाई । उनको छवि अरु माओवादी नेताभन्दा फरक छ । उनलाई अरु कतिपय माओवादी पृष्ठभूमिका नेताभन्दा बेग्लै ढंगले बुझ्दछन् जनताले । तत्कालीन जनयूद्धकालमा उनी सुदूरपश्चिमको कमाण्डर भए । उनको नेतृत्वकालमा तुलनात्मक रुपमा सहजता भएको छाप जनतामा छ । रुखो स्वभाव नभएका भद्र नेता भट्टमा उच्च संस्कार छ । सामाजिक मुल्यमान्यता र संस्कृतिप्रति उनी कहिल्यै निर्मम नबनेको उनलाई नजिकबाट चिन्नेजान्नेहरु बताउँछन् । ढुलमुले राजनीतिक स्वभाव नभएका उनी आप्mनो अडानमा दृढ रहन्छन् भनिन्छ । विगतमा अखण्ड सुदूरपश्चिमको आन्दोलन चलेका बेला पनि पार्टीको उपल्लो तहबाट कैलाली कञ्चनपुरलाई अलग्याउने दवावलाई उनले स्विकार गरेनन् । बरु पार्टी नै त्याग्नेसम्मको अडान लिए । भीम रावल र उनको अडानले अहिलेको सुदूरपश्चिम टुक्रिन पाएन । यसअघि पनि पदमा पुगिसकेका उनले अहिलेसम्म भ्रष्ट नेताको आरोप नजिक आउन दिएका छैनन् ।
यतिबेला भट्ट अनुकूलतामाझ मन्त्री भएका छन् । यो अवसर उनले विशिष्ट समयमा विशिष्ट रुपमै पाएका छन् । संघर्ष, योगदान र भरोसाबाट प्राप्त यही अवसरको सदूपयोग गरेर देश र जनतामाझ अजरअमर हुने वा ‘सबै उस्तै त हुन’ भन्ने चिनारी बनाएर विलय हुने ? यो सब उनकै हातमा छ ।
धेरै प्रकारको अनुकूलता छ उनलाई । विगतमा संघर्षको मैदानमा उनले समृद्धिका अनेकौं सपनाहरु जनतामाफ बाँढेका छन् । समयले उनले जनतालाई बाँढेका ती सपनाहरु पुरा गर्ने ठाउँमा पु¥याएको छ । समयले नै उनलाई चाहेको सुधार गर्न सक्ने ठाउँमा पु¥याएको छ । शक्तिकेन्द्र उनी नजिक छ, शक्तिशाली सरकार छ, यसअघि पनि मन्त्रीको अनुभव छ, प्रभावशाली मन्त्री र मन्त्रालय छ । लोभलालच राख्नुपर्ने केही छैन । उनले सन्तानका लागि सम्पत्ति थुपानुपर्ने आवश्यकता छैन । त्यसैमा नपुग्दो पनि केही छैन । अहिले पनि जेजस्तो विलास गरि खान पुग्ने अर्बौको सम्पत्ति उनीसंग छ । त्यसैले सुदूरमा साच्चिकै समृद्धिको ढोका खोल्नसक्ने दुर्लभ अवसर उनीसंग छ ।
नेपाली राजनीतिक इतिहासमा विरलै प्राप्त हुने जनमत अहिलेको सरकारले पाएको छ । तर विडम्वना ओली सरकारप्रति क्रमसः नकारात्मक जनधारणा मजबुत बन्दै गएको छ । सरकार दलाल र घुसखोर प्रवृतिबाट पुरै घेरिसकेको विभिन्न तथ्यहरु एकपछि अर्कोगरि सार्वजनिक भइरहेका छन् । यो अवस्था कसैका लागि पनि हर्षको विषय होइन् । किनकि अहिलेको जस्तो बलियो जनमतप्राप्त सरकार भविश्यमा सायदै बन्ला । भविष्यमा बारम्बार जनतासंग माग्ने नैतिक अधिकार अहिलेका सत्ताशीनहरुसंग रहने छैन । तसर्थ मौका अझै छ । सुधार गर्न सक्ने यथेष्ट सुविधा हुँदाहुँदैपनि केही गर्न नसके कम्युनिष्ट आन्दोलन नै नराम्ररी पछारिने निश्चित छ । त्यसैले समग्र परिवेशले भट्टलाई पनि जनभावना र देशहितमा उत्कृष्ट काम गर्नसक्ने वातावरण देला या नदेला, त्यो बेग्लै कुरा हो । तर उनलाई बहाना बनाउने छुट हुने छैन । वर्तमानको यही यथार्थतालाई उनले राम्ररी बुझेर सत्तामा गएका छन् ।
वर्तमानले उनको काँधमा उद्योग बाणिज्य क्षेत्रमा आमुल विकास गर्ने अभिभारा सुम्पेको छ । उद्योग क्षेत्रको विकास गर्न पोलिसीमा सुधार गर्नु छ, ब्यवहारमा सहजता ल्याउनु छ र लगानी बढाउन एकाग्र हुनुपर्ने खाँचो छ । दुई नम्बरी शुन्यमा झार्नु छ । श्रमिकका पक्षमा नीति बनाउनु पर्नेछ । उद्योग क्षेत्र नै देशको समृद्धिका लागि मुख्य मेरुदण्ड हो भन्ने खोक्रो नारामै सिमित रहन नदिने भरमग्दुर प्रयत्नद्धारा ठोस परिणाम ल्याउनु पर्नेछ । जीर्ण अवस्थाउन्मुख उद्योग क्षेत्र उकास्न नयाँ उद्योग स्थापना तथा पुरानाको प्रभावकारी सञ्चालन गरेर रोजगार र उत्पादन बढाउनु पर्नेछ । आयात घटाउनु पर्ने छ भने निर्यात बढाउनु पर्ने चुनौति छ ।
सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने भएकाले भट्टप्रति स्वभावैले सुदूरपश्चिवासीका अपेक्षा उनीसंग बढ्ता हुने नै भए । त्यसैले यतिबेला उनले सुदूरपश्चिमका लागि के गर्लान, कसो गर्लान, कति गर्लान भन्ने जिज्ञासा र उत्सुक्ताको पारो एकाएक माथि उक्लिनु अस्वभावित हैन । उसैपनि उद्योग ब्यवसाय कम भएको, रोजगारीका अवसरहरु न्यून भएको, भारतमा मजदुरी गरेर गुजारा गर्नेहरुको बाहुल्यता भएको क्षेत्र हो सुदूरपश्चिम । यो सब परिस्थितीका भुक्तभोगी रहेका मन्त्री भट्टले रातारात कायापलट गर्न नसकेपनि देखिनेगरि केही त आरम्भ गर्नै पर्ने छ ।
उनले कमाण्ड गर्ने मन्त्रालयको दायरा पनि फराकिलो छ । उद्योग बाणिज्य आपूर्ति त छदैछ, खानी अन्वेषणका कामहरु प्नि उनकै मन्त्रालय मातहत छन् । यहाँनेर अरु धेरै भन्दा पनि सुदूरपश्चिमा सुख्खा बन्दरगाह, सम्भावित खानी अन्वेषण र औधोगिक क्षेत्र घोषणालगायतका निर्णय तत्काल गरे ठोस कामहरु हुनसक्लान् । खानीको सम्भावना भएको क्षेत्र पनि हो सुदूरपश्चिम ।
फाट्टफुट्ट उद्योगधन्दा सञ्चालनमा रहेको जिल्ला उनकै गृह क्षेत्र हो । तर विडम्बना प्रदेशभरि औद्योगिक क्षेत्र छैन । त्यही भएर यसअघि स्थापना भएका उद्योगहरु पनि यहाँबाट धमाधम पलायन हुदैछन् । यसर्थ औद्योगिक क्षेत्र घोषणा र उद्योग पलायन रोक्न ठोस काम सुरुमै गर्नुपर्दछ ।
यसका लागि कैलालीको लम्कीचुहा नगरपालिका ३ मा पर्ने डुडेझारी वन क्षेत्रमा यहाँका उद्योग ब्यवसायीले प्रस्ताव गरेको औद्योगिक क्षेत्र हो । १ हजार ९३ विगाह क्षेत्रफल ओगटेको डुडेझारीलाई सुदूरपश्चिम क्षेत्रका उद्योग ब्यवसायीले औद्योगिक क्षेत्र घोषणाको माग गर्दै आएका छन् ।
त्यहा“ ठूला, मझौला र साना गरी ३ सय १७ उद्योग स्थापना हुनसक्ने प्रारम्भिक अध्ययनले देखाएको छ । तर सबै प्रकृयाहरु पुरा गर्दै उद्योग मन्त्रालयबाट डुडेझारीमा औद्योगिक क्षेत्र स्थापनाका लागि डेढ बर्षअघि मन्त्रीपरिषद्बाट अन्तिम स्वीकृतिका लागि फाइल डेढबर्षदेखि अड्किएको अड्कियै छ । अझ, त्यो फाइलको अत्तोपत्तो छैन, अर्थात त्यही होल्ड गरिएको छ । त्यही भएर सांसद झपट रावल त संसदमै भनेका थिए ‘मन्त्रीपरिषद्को कार्यालयले फाइल नै गायव गरेको छ । नयाँ उद्योग स्थापनाका लागि जग्गा नपाएर उद्योगीहरु हैरान छन् । सरकारले निजी क्षेत्रलाई आफै वातावरण बनाउनुको सट्टा सम्भावनाको ढोका पनि बन्द गरेर राखेको छ ।’ अब भट्ट सम्बन्धित मन्त्रालयको क्याबिनेट मन्त्री भएकाले अब त यो गाँठो अवश्य फुक्ला भन्ने आशामा उद्योगीहरु छन् ।
डुडेझारीमा उद्योग स्थापना गर्न इच्छुक भएर हालसम्म २ सय ४४ आवेदन आइसकेका छन् । ०७५ साउनमा वन तथा वातावरण मन्त्रालयले ईआईए गर्न सहमति प्रदान गरेको थियो । पछि ०७५ मंसिरमा औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडले तयार गरेको डिपिआरको ड्राप्mटसमेत स्वीकृत गरिएको थियो ।
ब्यापार व्यवसायको केन्द्र रहेको कैलाली सुदूरपश्चिमकै औद्योगिक ‘हब’ हो । कैलालीले सुदूरपश्चिम क्षेत्रको उद्योग ब्यवसायलाई लिड गर्दै आएको छ । ७ वटा पहाडी जिल्लाको खाद्यान्न लगायत ब्यापारिक सामग्रीहरुको खरिद केन्द्र पनि कैलाली हो । तर आप्mनै उत्पादन बढाउन उद्योग स्थापनाको लहरमा भने यो क्षेत्र पछाडी धेकेलिदै गएको छ । मन्त्री भट्टको कार्ययोजनाभित्र यस सवालको समाधान अटाउनै पर्छ ।
हाल कैलालीमा गोदावरी प्mलोर मिल, राजश्री फुड, वस्टर्न फिड इन्डष्ट्रीज, भागेश्वर प्mलोर मिल, भागेश्वर सुगर मिल, राज फुड इन्डष्ट्रीज, अवस्थी ग्रुपको खाद्य उद्योग, डल्फिन ग्रुप, पार्वती गु्रपको तेल, चामल उद्योग, नविन दाना उद्योग र दिनेश गु्रपको साबुन लगायत ठूला उद्योगहरु सञ्चालनमा छन् ।
नयाँ उद्योगहरु थपिनुको साटो भएका उद्योगहरु पनि विस्थापन हुनु प्रदेशकै लागि दुर्भाग्य हो । यस परिस्थितीको यथार्थ रिपोर्टिग मन्त्रीलाई हुनै पर्छ । भएका उद्योगहरु विस्थापन हु“दा पु“जी स्थानान्तरण मात्रै हैन स्थानीय रोजगारी पनि गुमिरहेको छ । जग्गा अभावले यसबीचमा डल्फिन ग्रुपलगायतका केही ठूला उद्योग पलायन भइसकेका छन् । ती उद्योगहरु नेपालगञ्ज सारिएका छन् । र सयौंको रोजगारी गुमेको छ ।
यहाँ आउन खोजेका उद्योगीहरु पनि जग्गा पाउन नसकेर मोडिएका तमाम उदाहरण छन् । यसबीचमा चौधरी ग्रुप पनि आउन खोजेको थियो । जग्गा नपाएर गु्रपले योजना बदल्यो । यस्तै रामपाल राजकुमारले पनि सिमेन्ट उद्योग स्थापनाका लागि जग्गाको ब्यवस्था गरिसकेपछि स्थानीयले विरोध गरेपछि योजना रद्द गरेका थिए । ब्यवसायीहरु भन्छन् ‘लगानीकर्ताले झन्झट ब्यहोर्न चाहन्नन् । यहा“ जग्गा नपाउने र अन्य झमेला पनि हुने भएपछि अर्को सहज ठाउ“मा उद्योग स्थापना गर्नु स्वभाविक हुन्छ ।’
मन्त्री भट्टले कस्तो टीम बनाउँछन् ? सुरुमा त त्यै महत्वपूर्ण कदम हुनेछ । ‘हुने बिरुवाको चिल्लो पात’ भने झै यसैबाट उनको कार्यकाल कस्तो हुनेछ भन्ने धेरैहदसम्म अनुमान लाउन सक्ने अवस्था भइहाल्नेछ । मन्त्री भट्टमा पदको दुरुपयोगबाट रकम थुपार्ने मोह नहोला, तर उनको वरिपरि रहने नजिकको घेराका पात्रहरु नैतिकवान नभए वा मन्त्रीको नाम भजाउँदै गुप्त रुपमा लुट मच्चाउनेहरु भए उनको भावनाको कुनै अर्थ रहने छैन । मन्त्री हुन् वा प्रधामन्त्री, ब्यक्तिगत रुपमा जतिसूकै इच्छाशक्तिवाला भएपनि आफन्तको वा सचिवालय नामको वा विश्वाससिला कार्यकर्तामा अटाएकाहरु नियत खोटी भए मन्त्री स्वतः बद्नामित हुन्छन् । वरिपरि रहेका अवसरवादी पात्रहरुले मन्त्रीलाई गुमराहमा राख्छन् । मन्त्री भ्रष्ट हुनुमा उनका वरिपरिको ग्रुप भ्रष्ट हुनु मुख्य कारक हुने गरेको आरोप केवल आरोप मात्र नभई छर्लङ्क देखिएकै विषय हो । यसता ब्यवस्थापकीय जोखिमबाट मन्त्री भट्ट जोगिएर मात्रै केही ठोस काम गर्न सक्नेछन् । अन्यथा आसेपासेहरु त मोटाउलान, समग्र देश र सुदूरपश्चिमेली जनताका दिन उभो लाग्ने छैनन् ।
‘त्यसैले मन्त्रीज्यु, तपाईले गुमाउनु केही छैन । पुनः पनि, ३ दशकसम्मको राजनीतिमा लगातार जनतासंग तपाईले एकोहोरो माग्नु भयो । अब जनता र देशलाई दिने पालो तपाइको । किनकि तपाईलाई त जनताले पोल्टो भरिनेगरि दिइसकेका छन् । तसर्थ, दृढतापूर्पक यो देश यो प्रदेश र आम जनताका लागि गरेर देखाउने मौका यही हो । इतिहास रच्ने सुवर्ण मौका यही हो ।’ आगे आपका मर्जी …..

Share This
  • 888
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    888
    Shares