पत्रकार खेम भण्डारी एक घण्टा जेल

पत्रकार खेम भण्डारी एक घण्टा जेल

३ मंसिर (महेन्द्रनगर)
कञ्चनपुरका पत्रकार खेम भण्डारी अदालतले तोकेबमोजिम मंगलबार एक घण्टाका लागि जेल बसेका छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डमा अदालतको अवहेलना गरेको भन्दै भण्डारीलाई कञ्चनपुर अदालतले एक घण्टा जेल र एक रुपैयाँ जरिवाना सुनाएको थियो । उनी मानसखण्ड दैनिकका सम्पादक हुन् । भण्डारीले जरिवाना र कैदसमेत भुक्तान नगरेका कारण पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी नरेन्द्र चन्दले बताए ।

Share This
  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares