लिपुलेकमा पस्नै पाउदैनन् नेपाली
२३ कार्तिक (दार्चुला)लिपुलेक र कालापानी क्षेत्रमा भारतले ०१८ सालदेखि नै सुरक्षाकर्मी राखेर नेपालीको प्रवेशमा कडाइ गर्दै आएको हो । अहिले त्यहाँनेपाली पस्नै पाउदैनन् । पचासको दशकसम्म नेपाली र भारतीयले लिपुलेकबाटै चीनको ताक्लाकोटसित व्यापार गर्ने गरेका थिए । तर माओवादी द्वन्द्व चर्किएको बहानामा भारतीय पक्षले उक्त क्षेत्रमा नेपालीलाई प्रवेशमा कडाइ गरेको थियो। पनि सरकारले चासो नदिएकोमा स्थानीयबासिन्दाले चिन्ता व्यक्त गरेका छन् । राज्यकै सामरिक महत्व बोकेको यो भूमिलाई भारतले आफ्नो नयाँ राजनीतिक नक्सामाराखेपछि फिर्ता हुने सम्भावना घट्दै गएको उनीहरुको भनाइ छ ।उक्त क्षेत्रमा हाल नेपालीलाई भारतीय सुरक्षाकर्मीले पस्नै नदिएको स्थानीय दानसिंह तिंकरीले बताए । ”६० सालपछि भारतलेहामीलाई पस्नै दिएको छैन”, उनले भने, ”अहिले चीनसित व्यापार गर्न तिंकर भञ्ज्याङको नाका प्रयोग गर्नुपरेको छ ।”