पूर्वयुवराज पारसले मुक्तिनाथमा गरे भाकल

पूर्वयुवराज पारसले मुक्तिनाथमा गरे भाकल

२२ कार्तिक (काठमाण्डौं)
पूर्व युवराज पारस पोखरादेखि म्याग्दी हुँदै बुधबार हिमालीपारीको जिल्ला मुस्ताङको जामसोम पुगे । बिहिबार उनले मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गरे । उनले मुक्तिनाथ दर्शन गरेका केही तस्बिर सार्वजनिक भएका छन् । पारस बिहिबार मुक्तिनाथ दर्शन गरेर जोमसोम फर्किएका थिए । उनले मुक्तिनाथमा करिब ४५ मिनेट बिताएका थिए । मुक्तिनाथको दर्शन गर्न आएका पूर्वयुवराजले शिवजीको मन्दिरमासमेत दर्शन गरेको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । १०८ धारामा स्नान गरेर पारसले फेरि मुक्तिनाथ आउने भाकल गरेको पुजारी सुवेदीको भनाइ छ ।
पारस आफ्ना निकट सहयोगीका साथ मुक्तिनाथ पुगेका हुन्। मुक्तिनाथ जाने क्रममा उनले रानीपौवा बजारदेखि मन्दिर परिसर करिव २ किमी दुरीमा घोडा चढेका थिए। मुस्ताङ भ्रमणका लागि आएका पारसको टोलीले २ वटा जीप र केही मोटर साइकल ल्याएका छन्। अन्न्पूर्णबाट

Share This
  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares