छियालेक र लिपुलेक

छियालेक र लिपुलेक

शंकरसिंह धामी
दार्चुला सदरमुकाम खलंगाभन्दा उत्तरतर्फ छियालेक र ञलिपुलेक नामका २र२ वटा फरक स्थान छन् ।
छियालेक एउटा छियालेक भारतमा पर्छ । भारतको बुदी गाउँभन्दा ३ किमी पैदल हिडेर पुगिने ठाउँ छियालेक हो । यो छियालेकमा भारतिय सेना, आइटिवीपी र एसएसवीको उपस्थिति छ र यहि स्थानदेखि माथि (उत्तरतर्फ) भारतको निषेधित क्षेत्र (नोटिफाइड एरिया) सुरू हुन्छ । भारतिय प्रशासनको लिखित अनुमति (परमिट) विना कसैलाई पनि छियालेकभन्दा अगाडि जाने सुविधा छैन । नेपाली नागरिक र भारतका स्थानीयले पनि परमिट बनाएर मात्रै छियालेकभन्दा अगाडि (उत्तरतर्फको क्षेत्रमा) आवतजावत गर्न पाउँछन् ।
अर्काे छियालेक नेपालमा पर्छ । टिंकर गाउभन्दा करिब १ किलोमिटर अगाडीको क्षेत्र हो । यहाँ सिमा प्रहरी चौकी छ । वर्षमा ६ महिना नेपाल प्रहरीको युनिट छियालेकमा बस्छ । यो छियालेक भएर नेपाल र चीनको सिमाना (टिंकर नाका वा १ नम्वर पिलर) पुग्न सकिन्छ । व्यासको छाङरू गाउबाट टिंकर खोलाको किनारैकिनार भएर करिब १२ किमीको पैदल दूरीमा टिंकर गाउ र छियालेक पुगिन्छ । छाङरूबाट टिंकर र छियालेक जादा भारतीय सिमाक्षेत्र पर्दैन ।
लिपुलेक स् एउटा लिपुलेक भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रमा पर्दछ । सक्कली महाकाली (कुटी याङ्दी) र लिपुखोला (नक्कली महाकाली) को संगमस्थल रहेको गुञ्जीभन्दा उत्तरपूर्वमा कालापानी क्षेत्र छ र कालापानीभन्दा अगाडि चीनसंग सिमा जोडिएको नाका लिपुलेक हो । यो लिपुलेकको नाका अहिले भारत र चीनबीचको धार्मिक यात्रा (कैलाश मानसरोवर यात्रा) र व्यापारिक नाकाका रूपमा छ । सन् २०१५ मे १५ मा भारतका प्रधानमन्त्री र चिनका राष्ट्रपतिले यसै लिपुलेक नाकाबारे सहमति गरेका हुन् ।
दोस्रो लिपुलेक स् नेपाल र चिन जोड्ने टिंकर भञ्ज्याङको नाकालाई पनि स्थानीयस्तरमा लिपुलेक भनिदैआएको छ । अतिक्रमित कालापानी क्षेत्रको लिपुलेक नाका र यो लिपुलेक (टिंकर नाका) हिमाली श्रृंखलाले जोडिएको हुनाले पनि यसलाई स्थानीयस्तरमा लिपुलेक भनिएको हो ।
विडम्बना स् केही नेपाली दाजुभाइ दिदिवहिनी झुक्किएर हुन कि भारतसंग डराएर हुन् टिंकर नाकालाई लिपुलेक भन्दै प्रचार गरिरहेका छन् । भारत र चीनबीच २०१५ मा भएको सहमतिको विरोधमा अखिल क्रान्तिकारीको विद्यार्थी टोलीले लिपुलेक मार्चभन्दै टिंकर नाकासम्मको यात्रा गरेको छ । यसबाट धेरै ठुलो भ्रम श्रृजना भएको छ । साथै, केही राष्ट्रियस्तरका सञ्चारमाध्यमले समेत टिंकर नाका र १ नम्वर पिलरको फोटो देखाउदै लिपुलेकको रिपोर्टिङ गरिरहेका छन् ।
अध्ययनको कमी वा प्रष्ट जानकारी नभएर हुनसक्छ, आफु पनि भ्रममा छन् साथै मिडिया र सोसल मिडियाबाट भ्रम छरिदैछ । नियत ठिक होला, माटोको रक्षाका लागि शुद्ध भावना होला तर राजनीतिक र पत्रकारिता क्षेत्रका पात्रहरूले टिंकर नाका र १ नम्वर पिलरको फोटो, भिडियो र अन्य सामग्री पस्किदा सिंगो देशलाई नोक्सान भइरहेको छ । गम्भीर र जिम्मेवार बनेर वास्तविक जानकारी र विषयवस्तु राखौ । धामी नेपाल पत्रकार महासंघका दार्चुला अध्यक्ष हुन्

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares