बाजुरामा ‘आलुको पहाड’ (फोटो फिचर)

बाजुरामा ‘आलुको पहाड’ (फोटो फिचर)

२० कार्तिक (बाजुरा)

बाजुराको बडिमालिका नगरपालिकाको ७ नम्बर वडा पालिकाले ढम्कनेमा बुधबारदेखि आलु महोत्सवको आयोजना गरेको छ । महोत्सवमा सबथोक आलु कै प्रदर्शन गरिएको वडाध्यक्ष धर्मराज पाध्यायले बताए । एक हजार कुन्टलको आलुको घुम्को बनाईएको छ । अतिथीलाई आलुकै माला, आलुकै गेट र आलुकै परिकार । दर्शकहरुले यस्तो महोत्सव नेपालमै पहिलो पटक देखेको बताएका छन् । ढम्कनेलाई अर्ग्यानिक आलुको भण्डार मानिन्छ ।

महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका कृषि मन्त्री विना चौधरीले गरेकी हुन्। ढम्कने कृषि सहकारी संस्थाको आयोजना र बडीमालिका नगरपालिका र कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा पहिलो पटक ढम्कनेमा बुधबार बिषेश कार्यक्रमका बिच उद्घाटन गरिएको थियो ।ढम्कने बाजुराको सुन्दर भुगोल तथा महत्वको क्षेत्र पनि हो । स्थानीय कृषकहरुलाई आलु खेतीको उत्पादनकत्वमा वृद्धी तथा व्यवसायिकतामा सहयोग पुर्याउने उद्देश्यले पहिलो पटक आलु महोत्सवको आयोजना गरिएको वडाध्यक्ष पाध्याय बताउछन् । महोत्सवमा प्रशिद्द देउडा गायक प्रकाश थापालगायत बिभिन्न स्थानीय देउडा राष्टिय तथा स्थानीय कलाकारहरूका प्रस्तुती समेत रहेको थियो ।

Share This
  • 1.4K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.4K
    Shares