‘गो ब्याक इण्डिया’

‘गो ब्याक इण्डिया’

कालापानी भारतमा पर्नेगरि भारतले हालै नयाँ नक्सा जारी गरेको बिरोधमा देशका विभिन्न शहरमा विरोध चर्किएको छ । धनगढीमा युवा संघले विरोध प्रर्दशन गरको छ । युवाहरुले गो ब्याक इण्डिया लेखिएका प्ले कार्ड सहित प्रदर्शन गरेका हुन् । पहिलो दिन नेकपा कैलालीको कार्यालयदेखि मुख्यमन्त्री कार्यालयसम्म प्रदर्शन गरिएको युवा संगठनका केन्द्रिय नेता विनय शाहले बताए । भारतले तत्काल नक्सा नसच्याए आन्दोलन तिब्र पार्दै लाने उनको भनाई छ । यसैबीच परराष्ट्र मन्त्रालयले कालापानी नेपालको रहेको स्पष्ट पार्दै एकपक्षीय ढंगबाट त्यसरी प्रकाशित नक्सा नेपाललाई मान्य नहुने जनाएको छ ।

Share This
  • 1.2K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.2K
    Shares