प्रदेश प्रमुख-को कुन प्रदेशमा ?

प्रदेश प्रमुख-को कुन प्रदेशमा ?

१८ कार्तिक (काठमाडौ)
सरकारले ७ वटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्टपतिसमक्ष नाम सिफारिस गरेको छ । सोमबार अपरान्ह बसेको मन्त्रिपरिषदको बैठकले सात प्रदेशका प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष नाम सिफारिस गरेको हो । मन्त्रिपरिषदको बैठकले प्रदेश १ को प्रमुखमा सोमनाथ अधिकारी प्यासी, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाई, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशको प्रमुखमा शर्मिला त्रिपाठीलाई नियुक्ति गर्न सिफारिस गरेको छ ।
मन्त्रिपरिषदले नियुक्तिका लागि सिफारिस गरेपछि राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
यसअघि सोमबार बिहान बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सात प्रदेश प्रमुख नियुक्तिका लागि नाम सिफारिस गरेको थियो।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्ति गरेका प्रदेश प्रमुखलाई २२ महिनापछि बर्खास्त गरेकी थिइन्।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares